Published On:Wednesday, October 29, 2014
Posted by dadad

आठ महिलाको हत्या

१२ कार्तिक, काठमाडौं । गत असोज महिनामा मात्रै विभिन्न जिल्लामा गरी आठ किशोरी तथा महिलाको हत्या भएको छ । सञ्चारिका समूह नेपालले गरेको सञ्चार अनुगमनमा एक महिनामा आठको हत्या भएको देखाएको हो ।

यस्तै समाचार अनुगमनका क्रममा २१ बलात्कारको घटनाका ९७ वटा समाचार, महिलाबेचविखनका तीन घटनाका ३८ वटा सामग्री प्रकाशित भएको पाइएको छ । सोही अवधिमा महिलाकोे स्वास्थ्यअधिकारको हनन् भएका ४२  समाचार, विचार तथा सम्पादकीय प्रकाशित भए भने घटनाको सङ्ख्या ६ थियो ।

समाचारमा उल्लेख भएअनुसार महिलामाथि हिंसा गर्नेमा सबैभन्दा बढी परिवारका सदस्य भन्नेमा (८०), छिमेकी (३८), राज्य (१७), उल्लेख नभएका (३५) र अन्य भन्नेमा (५७) वटा समाचार भएको देखाएको छ । सो अवधिमा महिला हिंसासम्बन्धी सम्पादकीय पाँच, फोटो समाचार तीन, लेख ५४, सफ्ट न्यूज ४३ तथा हार्ड न्यूज ३६८ वटा प्रकाशित थिए । 
प्रकाशित हार्ड न्यूजमध्ये ३९,  सफ्ट न्यूज १६ र लेख २१ वटामा मात्र फोटो÷स्केच प्रयोग भएको पाइएको सञ्चार अनुगमन संयोजक रामशरण सेढाईंले जानकारी दिनुभयो । रासस

0 comments for "आठ महिलाको हत्या"

Leave a reply

    Popular Posts

    Blog Archive