Published On:Thursday, October 30, 2014
Posted by Tekman Shakya

सुचनार प्रविधिको कमीले विरामी समस्यामा

बाबुराम श्रेष्ठ ।
१३ कार्तिक, धादिङ । सुचना र प्रवृद्धिको कमीले जिल्ला सामुदायीक आँखा केन्द्र धादिङमा आँखाका विरामीहरुमा समस्या भएको सरोकारवालाहरुले टिप्पणी गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङले बिहीबार धादिङवेशीमा गरेको मधुमेह रोग, मधुमेहले आँखामा पार्ने असर र डायबेटीक रेटिनोप्याथी सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
अहिले नेपालमा ९ लाख भन्दा बढी मधुमेहका विरामीहरु रहेका छन् भने ४० बर्ष सम्मका मानिसहरु बढी संक्रमिछ छन् । विशेष गरी गर्भबती महिला र बालबालिकाहरुलाई यस रोगले सताउने गरेको भए पनि ग्रामीण भेगमा भने मधुमेहका विरामीहरुको संख्या न्यून रहेको छ ।
चिनी र गुलियो खाने कुराको सेवनबाट मधुमेह लाग्ने भएकाले सबै मानिसहरुलाई गुलियो खानेकुरा कम मात्रामा सेवान गर्न डाक्टरहरुले बताएका छन् । यसै गरी १ बर्षको अवधिमा धादिङमा १ सय ९३ जना मात्र आाखाका विरामीहरु रहेको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका डा. राम सिंह तामाङले जनकारी दिएका छन् ।
 रोगले मानिसको आँखा लगाायत विभिन्न अंगहरुमा समेत असर गरी मानिसहरुको ज्यानै लिने भएकाले सबैलाई समयमा नै आँखा जाँच गराउन डा. थापाले अनुरोध गरेका छन् । आँखा अस्पताल धादिङमा अन्य जिल्लाहरुको तुलनामा विरामीहरुको संख्या कमी रहेको सरोकारवालाहरुको भनाई छ ।

0 comments for "सुचनार प्रविधिको कमीले विरामी समस्यामा"

Leave a reply

    Popular Posts

    Blog Archive