Published On:Saturday, October 25, 2014
Posted by Tekman Shakya
about online
परिचय
ढुंगे युगबाट सुरु भएको हाम्रो समाज आधुनीकिरणलाई भेट्टाउने प्रण सहित द्रुत गतिमा अघि बढिरहेको छ । त्यहि समाजको स्तरोन्नत्ती र अवन्नत्तीका पछाडि पत्रकारिताको भुमिका महत्वपूर्ण रहेको पाईन्छ । जहाँ पत्रकारिताको उचित विकास भएको छ, त्यहाँको अर्थतन्त्र सहित सबै पक्ष सवल बनेको देखिन्छ । पत्रकारिताको अवस्था खस्किएका देशहरुमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक लगायत हरेक क्षेत्र संकटमा परेको पाईन्छ । राज्यको चौथो अंग पत्रकारिताकै कारण देशको राजनीति कुन दिशातर्फ अघि बढ्ने र त्यसले देशमा कस्तो सम्भावना निम्त्याउँछ भन्ने विषयमा निभर पर्ने पछिल्ला प्रयासहरुले प्रष्ट्याएको छ ।
विश्व कतातिर दौडदै छ, त्यसको जानकारी सहित मुलुकको सम्भावना खोजीमा संचारका लागि पत्रकारिताकै भुमिका मुख्य रहन्छ । सामान्य जनतादेखि निर्णायक तहका उच्च पदस्थहरुको विश्वासिलो माध्यम पनि संचार माध्यम नै हो, उनीहरु मिडियाकै माध्यमबाट विषयगत विचार मन्थनमा अग्रसर हुन्छन् । कागजी संचारबाट सुरु भएको नेपाली पत्रकारितामा केहि वर्षमै निक्कै प्रगतीहरु भएका छन् । प्रिन्ट मिडियाबाट सुरु भएको पत्रकारिता सबैको पहुँचमा पुग्न नसकेको गुनासहरु बढ्न थालेपछि ईलेक्ट्रोनीक माध्यममा प्रवेश गर्यो ।
वि.सं.२००७ सालमा रेडियो नेपालको स्थापना भएपछि देशमा सयौँको संख्यामा छ्यालब्याल अवस्थामा रेडियोहरु छन् । रेडियोबाट अझै परिमार्जित भएर नेपालमा नेपाल टेलिभिजनको स्थापना वि.सं.२०४१ सालमा भयो । रेडियो नेपाल, गोरखापत्र दैनिक र नेपाल टेलिभिजनले सरकारी गुणगानको मात्रै माध्यम भएको भन्दै विरोधहरु सुरु भएपछि त्यसलाई थेक्न नसकेर नीजि क्षेत्रबाट संचार माध्यम संचालनमा आए ।
आधुनिकताको विकास जति फष्टाउँदै गयो, मानिसहरुको आवश्यकता पनि त्यति नै बढ्दै गयो । पत्रपत्रिका, टेलिभिजन र रेडियोबाट भन्दा छिटो समयमा भरपर्दो सुचना प्राप्त गर्ने मनसायमा मानिसहरु लाग्न थाले, त्यहि रफ्तारमा केहि दशकअघिदेखि अनलाईन पत्रकारिता सुरु भयो । त्यसकै उपज सयौंको संख्यामा नेपाली अनलाईनहरुको आगमन भयो । अनलाईनहरुकै भिडमा ‘सत्य संचार, तथ्य अभिव्यक्ति’ भन्ने नारा सहित नेपालीमाटो डटकम २०७१ कार्तिक ८ गते भाईटीकाको दिनदेखि जनताको सवालमा अघि बढ्ने प्रण सहित सुरुवात भयो ।
नेपालीमाटो डटकम किन ?
१.देशमा राजनीतिक संक्रमण बढ्दो छ । राजनीतिक स्थायित्व कायम नभएकै कारण सोचिएजस्तो लगानीमैत्री वातावरण निर्माण हुन सकिरहेको छैन । धरासायी आर्थिक क्षेत्रको सम्भावना कसरि खोज्न सकिन्छ, र यो क्षेत्रलाई कसरी मजबुत बनाउने भन्ने विषयको खोजिमा नेपाली माटो संधै तत्पर रहनेछ ।२. कृषि प्रदान देश भनेर धेरै वर्षअघिदेखि सुगा रटाई गरिएपनि वर्षभर गरिएको मिहेनतले एउटा परिवार धान्न पनि धौ–धौँ छ । त्यसको बाबजुत हजारौँ युवाहरु दैनिक खाडी मुलुकमा भौतारिनुपर्ने अवस्था छ । कृषिमा आधुधिकिकरण गरी युवाहरुलाई यहि बस्न प्रेरणा मिल्ने अभियानमा आमी निरन्तर सक्रिय रहिरहनेछौँ ।
३.विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदुत गोतमबुद्धको जन्मस्थल लगायत मनोरम प्राकृतिक छटाले भरिपूर्ण नेपालमा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि निरन्तर अघि बढिरहनेछौँ । पर्यटन व्यवसायको सहि व्यबस्थापनका लागि हामी सम्बन्धित विज्ञहरुसँगको सहकार्यमा सबैमा संचारको काम गर्नेछौँ ।
४.लगानीमैत्री वातावरणको अभावमा भएका उद्योगहरु पनि संकटको घेरामा छ । त्यसलाई सवलतातिर उन्मुख गराउन के गर्न सकिन्छ, विज्ञहरुसँगको सुुझाव सहित सबैमा हाम्रो संचार रहेनेछ ।
५.देशमा व्याप्त भ्रष्टाचार, घुसखोरी, कालोबजारी, अन्याय, अत्याचार, कुरीति, विकृती, व्यथिति बढ्दो क्रममा छ । यसको नियन्त्रणमा हाम्रो खबरदारी संधै रहिरहनेछ ।
६.राम्रालाई राम्रो र नराम्रालाई नराम्रो भन्ने सत्य, तथ्य र पारदर्शी पत्रकारिता हाम्रो निरन्तरता रहनेछ ।