Published On:Thursday, October 30, 2014
Posted by dadad
जब भयो बेला, तब भयो भट्टराईलाई अबेला
१३ कार्तिक, काठमाडौं । संविधानको विवाद विषयलाई समाधान गर्ने अन्तिम समय सकिन २ दिन मात्रै बाँकि रहँदा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले छलफललाई तिब्रता दिएको छ ।
विवादित विषयमा सहमती खोज्न भन्दै समिति सभापती बाबुराम भट्टराईले औपचारिक तथा अनौपचारिक छलफल गरिरहेका छन् । सभापति भट्टराईले विहीबार पनि विभिन्न राजनीतिक दलका नेताहरुसँग परामर्श गर्न भ्याए । तर भट्टराईको परामर्शले भने अन्तिम समयसम्ममा पनि सफलता हात पार्ने सम्भावना भने देखिएको छैन ।
विहानै सभापति भट्टराईले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मालेका महासचिव सीपी मैनाली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग छलफ गरेका छन् ।
विहानै सभापति भट्टराईले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मालेका महासचिव सीपी मैनाली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग छलफ गरेका छन् ।
छलफलमा विवादित विषयलाई छिटो टुङ्गोमा पुर्याउने छोटो बाटो कसरी अपनाउन सकिन्छ भन्ने विषयमा अनौपचारिक छलफल भएको बुझिएको छ । समितिको मंगलबार बसेको बैठकले १२ र १३ गते विभिन्न पक्षहरुसँग अनौपचारिक छलफल गर्ने र १४ गते औपचारिक बैठक बसेर अन्तिम निर्णय लिने निर्णय गरेको थियो । त्यही निर्णयस्वरुप समितिले छलफललाई निरन्तरता दिएको समिति सभापती भट्टराईले जानकारी दिनुभयो ।
छलफल पश्चात सभापति भट्टराईले भने,–‘उहाँहरुसँग संविधानका विवाद टुंग्याउन बाँकी रहेका विषयको निरुपण कसरी गर्ने भन्ने विषय र अर्को चाहीँ हामी आफैंले निर्धारित गरेको समयसीमा पटक पटक पालना गर्न नसक्दा जुन खालको परिस्थिति सिर्जना भएको छ त्यसलाई कसरी सम्हाल्नु उपयुक्त होला भनेर परामर्श गरेँ ।
उहाँहरुले महत्वपूर्ण सुझावहरु दिनुभएको छ ।’ यस्तै सभाति भट्टराईले अन्य पक्षहरुसँग पनि बिहीवार नै व्यक्तिगत र सामूहिक छलफल गर्ने बताईएको छ । समितिको बैठक शुक्रबार दिउँसो २ बजे बस्नेछ ।