Published On:Wednesday, October 29, 2014
Posted by dadad
समस्याले जेलिएको विद्यालय शिक्षा
![]() |
प्रकाश पौडेल |
आजकाल आम अभिभावकको र शिक्षकको विद्यार्थीप्रतिको गुनासो धेरै नै सुनिन थालेको छ । अभिभावकहरु शिक्षाको गुणस्तर खस्कुनमा विद्यालयको हात देख्नुहुन्छ ।
विद्यालयले सही तरिकाबाट पढाएन, शिक्षकले शिक्षणलाई जागिरमात्र माने र एउटा गर्व गर्न लायकको पेशा बनाउँन सकेनन् । अझै राजनीतिक दलहरुको बफादार कार्यकर्ता बनाउनमा आफूलाई सक्रिय बनाइराखे र स्थानीय नेता तथा प्रधानाध्यापकको अनन्य मित्र बनाउनमा समय खर्चिए ।
त्यति मात्रै नभइकन पुरातन सोच र ज्ञानबाट वर्तमान समयका बालबालिकालाई हिडाउन खोज्ने अव्यवहारिक तथा अवैज्ञानिक पद्धतिको बाटो अपनाउने अनुयायी मात्र भए जसले विद्यार्थीको सिर्जनशीलता र जागरुकताको विकासमा आवश्यक वातावरण बनाउन सकेनन् भन्ने जस्ता आलोचनाहरु शिक्षकमाथि थोपरिएका छन् । अभिभावकहरु आफ्ना छोराछोरीलाई परिवारमा आवश्यक सिकाइको वातावरण उपलब्ध गराउन आवश्यक नदेख्ने, विद्यालयले सम्पूर्ण जिम्मा लिनुपर्ने भन्ने मानसिकताबाट ग्रसित रहने, विद्यालयको शुल्क समयमा तिरेपछि आफ्नो उत्तरदायित्व सकिने ठान्ने प्रवृत्तिले शिक्षणसिकाइ क्रियाकलाप असामान्य र अप्ठेरो हुँदै गएको हो भन्ने शिक्षक अनि विद्यालयको विश्लेषण छ ।
एक अर्कामाथि कमजोरी थोपर्ने तथा आरोप प्रत्यारोप गर्दैमा समस्या सुल्झिने भने होइन । राष्ट्रिय पत्रिकामा प्रकाशित धनुषाको शैक्षिक खबरले खास अध्ययन भएकोे जिल्लाको चित्रण गरेपनि समग्र सबैतिर समस्या उस्तै पाइन्छ । खास अध्ययनको मात्रै खाँचो हो कि अन्य जिल्लाहरुमा पनि यस्तै समस्या छैनन् भन्न सकिन्न । कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थीले आफ्नो नाम अँग्रेजीमा लेख्न सकेनन् भन्ने विषयलाई सामान्य मान्ने हो भने सिकाइको आधार के लाई मान्ने ? यसमा शिक्षक, अभिभावकले आफ्नो कमजोरी आत्मसाथ गरी सुधार्ने हिम्मत नगरे पनि यसको प्रतिकूल असर भने विद्यार्थीले भोगिरहेका छन् ।
औपचारिक शिक्षाको माध्यमबाट विद्यार्थीमा विषयगत दक्षता बढाउन, अन्धविश्वास घटाउन र सकारात्मकताको विकास गराउन हामीले अभ्यासमा ल्याएका क्रियाकलापहरुको पुनरावलोकन गर्नुपर्दछ । कारण तथा आधारबिनाको समस्या नहुने हुँदा यी उल्लेखित समस्या पनि कारणभित्र नै जेलिएको हुनु पर्दछ । हामीले प्रष्ट हुनु पर्ने कुराहरु के हो भने हामीले उठाइरहेका विषयहरु आफैमा समस्या हुन् वा होइनन् । यदि समस्या नै हो भने त्यसको वस्तुगत कारणको खोजी अपरिहार्य हुन्छ । स्थापित विद्यालयको संख्या बढ्नु, विद्यार्थी भर्नाको दर र अनुपातमा बृद्धि हुनु, विद्यालय पोशाकमा विद्यालय प्राङ्गणमा विद्यार्थी र शिक्षक दश बजेदेखि चारबजेसम्म भेटिनु, शिक्षक र विद्यार्थी हक हितका लागि उद्देश्य र क्रियाकलाप बिनाको संघ संस्था थपिनुलाई आधार मानेर शिक्षाको अवस्थालाई मूल्याङ्कन गर्न मिल्दैन ।
हालको राजनीतिक तरलताको फाइदा उठाउँदै व्यक्तिगत स्वार्थमा लिप्त मानव समाजको एक सदस्य भएका कारण न अभिभावक यसबाट मुक्त छन् न शिक्षक वर्ग नै । आफूलाई सुरक्षित बताउने तर विद्यार्थीप्रति उत्तरदायी बन्न नचाहेका तथा नबनेका शिक्षकमा हामी प्रशस्तै कमजोरी पाउन सक्छौं । केही कर्मशील र जिम्मेवारीको पूर्ण बोध गरेका शिक्षक शिक्षिकालाई पनि एउटै टोकरीभित्र राखेर व्याख्या गर्ने गरेको शिक्षक संघ संगठनको क्रियाकलापले सहि प्रक्रिया अपनाएको पाइदैन । शैक्षिक निकायहरुको आफ्नै खालका संयन्त्रहरु हुन् र जसको आधारमा शैक्षिक कार्यक्रमहरुको लेखाजोखा गरिन्छ ।

स्थापना नै नभएका विद्यालयका विवरण सही मानेर रकम सेवा, कार्यक्रम वितरण गर्ने कतिपय जिल्ला शिक्षा कार्यालयको कार्यप्रणाली भित्र बसेर कार्यक्रमको प्रभावकारीता र उपलब्धताको सुपरिवेक्षण खोज्नु निरर्थक हुनेछ । खासमा यस्तो फितलो संयन्त्रभित्र अनुचित विवरण पेश गरेर अवैधानिक सुविधा लिन अभ्यस्त भएका विद्यालय, त्यसका प्रशासक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्रोत व्यक्ति, विद्यालय निरीक्षकको खोजी खोजी अध्ययन गर्नु पर्ने देखिन्छ । अनियमितता कार्यालय भित्र नै देखिए पछि कार्यालय बाहिरका असुहाउँदिला कामहरुमा आश्चर्य मान्नु पर्ने देखिदँैन ।
पाठ्यक्रमले विद्यार्थीमा विकसित हुनुपर्ने तहगत, कक्षागत, विषयगत, एकाइगत हुँदै प्रत्येक शीर्षकको विशिष्ट,प्रकृतिका उद्देश्यहरु राखेको हुन्छ र त्यसको व्यवस्थापन पछिको कार्यान्वयनको ठूलो जिम्मेवारी बनाउनुको विकल्प छैन । किनकि वास्तविक कक्षाकोठा शिक्षककै शैलीमा संचालन हुन्छ ।
पदीय जिम्मेवारीको मर्यादालाई आत्मसाथ गरी वास्तविक कक्षाकोठा शिक्षण सिकाइमा सहजीकरण गराउने जिम्मेवारीका स्रोत व्यक्तिहरु र विद्यालय निरीक्षकहरु विवरण फाइल तयार गरी जेनतेन प्रतिवेदन बुझाउनुमा नै सर्वश्व सम्झन्छन् । खासमा उनीहरुका क्रियाकलाप र प्रतिवेदनहरु आमअभिभावक शिक्षक, विद्यार्थीको हातहातमा पु¥याउने गरी शैक्षिक बुलेटिन, शैक्षिक पत्रपत्रिकाहरु प्रकाशित गर्ने र त्यसको आवश्यक विश्लेषण गर्नुपर्ने देखिन्छ ।
विद्यालयकोस्तर उन्नती र स्थानीय निकायको समस्या सोहि तहमै समाधान गर्ने अभिप्रायबाट सञ्चालित स्रोतकेन्द्र स्तरीय परीक्षाका आधारभूत पक्षहरु पनि आफैमा छलफलका लागि अपरिहार्य छ । के तयारी प्रश्नपत्रहरुको स्ट्याण्डर्ड लगभग एकै प्रकृतिको छ वा छैन र परीक्षा सञ्चालनदेखि मूल्याङ्कन प्रणालीमा समानता खोजिनु त्यसको आधारमा एकमुष्ठ मूल्याङ्कन गर्नु पनि जरुरी छ । विद्यालयको शैक्षिक कार्य योजना अनुसार विद्यार्थीका क्षमता, सम्भावनालाई उजागर गर्ने गरी काम गर्ने पारिपाटी र अभिभावकलाई पनि समय समयमा सचेतना कार्यक्रम मार्फत जिम्मेवारी बोध गराउन सक्नुपर्दछ । खासमा पर्दा पछाडिका शसक्त शिक्षक अभिभावक नै हुन् ।

खासमा बदलिदो परिवेशको पाठ्यक्रमबाट आफूलाई सन्तुलनमा राख्न नसकेको प्रतिक्रिया दिँदै शिक्षित अभिभावक पन्छिने गरेको देखिन्छ भने अशिक्षित अभिभावक आफ्नो खासै भूमिका नै देख्दैनन् । हो समस्या यसमै छ । हामीले कक्षाकोठामा पढाउने विषयका शीर्षकहरु हाम्रै दैनिक जीवनका घटना, घर परिवार, समाज, राष्ट्र, चाडपर्व, रीतिरिवाज, वनजंगल अनि अत्यावश्यक पक्षहरु नैकिकता अनुशासन, कर्तव्यनिष्टता, परिश्रम, सकारात्मक सोच, सामूहिक भवनाजस्ता जीवनोपयोगी बुँदाहरु हुन्छन् । जसका अप्रत्यक्ष अभिभावकको आफ्नो छोरछोरीलाई आधार निर्माण गराउन सक्छन् । उनीहरुको इमान्दारिता, असल बानी, सरलता, सामाजिक भावना र जीवनअनुभव तथा कार्य अनुभव आफैमा अद्वितीय र अपरिहार्य पाटो हो भनेर हामीले बुझाउन आवश्यक छ ।
जर्ज बर्नाड शाले भने जस्तै “उपयुक्त दिमागको उपज नै उपयुक्त शरीर हो” जसमा सिकाइ सहज र सार्थक हुन्छ । आवश्यक माया, हेरचाह, खानपिन, घुमफिर, सल्लाह, परामर्श दिने, उनीहरुका चाहना आवश्यकता पूर्ति गरिदिने, साथीसँगीको आचरण, व्यवहार अध्ययन गरी समय समयमा पृष्ठपोषण दिने तथा विद्यालयमा गई उनीहरुको प्रगति विवरण अद्यावधिक लिने अभिभावकका महत्वपूर्ण कामहरु हुन् जुन निकै कम मात्रामा हुने गरेको छ । विद्यार्थी जमातलाई राजनीतिक रंग भर्दै उचाल्ने र सांगठनिक स्वार्थ परिपूर्ति गर्ने विद्यार्थी संगठनहरु जुन सुकै दल निकट किन नहुन्, किन वस्तुपरक, सान्दर्भिक कार्यक्रमको साथ अगाडि बढ्न सक्दैनन् ।
आम जनतालाई गुुणात्मक शिक्षा सुनिश्चिता गराउन किन आव्हान गराउन चाहिरेका छैनन् । शिक्षक संघ संगठनका जिम्मेवार पदाधिकारीहरु नै आफ्नो दरवन्दीको ठाउँमा रिक्त राख्दै वा खेताला शिक्षक भर्ति गराउने सम्मका क्रियाकलापमा संलग्न भएका र आफ्नै अस्तित्वको लडाई लडिरहेको अवस्थामा उनीहरुबाट अभिभावकीय सक्षमता र विद्यार्थी सक्रियतामा ध्यान पुग्ने कुरामा शंका नै छ । अनियमितालाई समयमै सही तवरले विषय उठान गरी समाधानको उपायमा जुट्नु पर्ने नागरिक समाजका तन र मनहरु पूरै दलकेन्द्रित भएको यो अवस्थामा शिक्षाको गुणात्मकता पूरै वेवस्तामा परेको छ ।
शिक्षाका सरोकारवालाहरु आफैंमा अनुत्तरदायी र विचलित भएको यो अवस्थामा शिक्षार्थीलाई विराटनगरजस्ता शारीरिक र मानसिक दण्डको हिसाबले अध्ययन गर्नु र गर्ने परिपाटीमा मलजल गर्नु आपैmमा अधोगति हुन् । शिक्षक, अभिभावक, प्रशासक, विद्यालय व्यवस्थापन समिति, नागरिक समाज वास्तवमा आफैं साच्चिए विद्यार्थी स्वतः सच्चिन पुग्दछन्, जुन आफैमा शिक्षाको गुणात्मकता सुध्रिएको मानिन्छ ।

पौडेल धादिङ आवसीय उ.मा.वि. धादिङबेंसी, धादिङका अंग्रेजी शिक्षक हुन् ।