Published On:Friday, October 31, 2014
Posted by dadad
डिभिजन थ्रीको उपाधी लिएर नेपाली टोली स्वदेश फर्कियो
१४ कार्तिक, काठमाडौं । आईसीसी लीग क्रिकेट डिभिजन थ्रीको उपाधी जित्न सफल नेपाली टोली स्वदेश फर्किएको छ ।
मलेसियामा भएको आईसीसी डिभिजन थ्रीको उपाधी चुम्दै डिभिजन टू मा बढुवा हुन सफल नेपाली टोलीलाई शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।
पहिलो चरणको खेलमा युगाण्डासँग पराजित भएको नेपाली टोलीले अन्त्यमा उपाधी भिडन्तमा त्यसको बदला लिएको हो । अब नेपालले आगामी जनवरीमा हुने डिभिजन टूको खेलमा नामिबीया, केन्या, नेदरल्याण्डस्, युगाण्डा र क्यानडासँग भिड्नेछ । खेलाडी र प्रशिक्षक सहितको नेपाली टोलीलाई स्वागत गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद मन्त्रालय, खेलकुद परिषद, नेपाल क्रिकेट संघका पदाधिकारी, क्रिकेट खेलप्रेमीहरु लगायत पुगेका थिए ।
नेपाली टोलीलाई राष्ट्रिय झण्डा र फूलमाला सहित स्वागत गरिएको हो । स्वागतका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा पनि गएका थिए । टोलीलाई स्वागत गर्दै खेलप्रेमीहरुले नेपालमा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट स्टेडियम बनाउन माग गर्दै विमानस्थल परिसरमा नाराबाजी गरेका थिए ।