Published On:Friday, October 31, 2014
Posted by dadad
मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग नेपाल पराजित
१५ कार्तिक, काठमाडौं । नेपाल र फिलिपिन्सबीच शुक्रबाराति भएको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ ।
कतारको दोहामा भएको खेलमा नेपालले फिलिपिन्सलाई पहिलो हाफ गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा तीन गोल खाएको थियो ।
फिलिपिन्सका लागि खेलको ४९ औँ मिनेटमा सिमोनले गोल गरे । खेलको ६५ औँ मिनेटमा नेपाली मिडफिल्डर जगजित श्रेष्ठ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नेपाल थप दबाबमा प¥यो ।
खेलको ९० औँ मिनेटमा नेपालका आदित्य चौधरीले फल गरेपछि फिलिपिन्सले पेनाल्टी पायो र फिलिपले सजिलै गोल गरे । लगत्तै हार्मन मार्कले थप एक गोल गर्दै फिलिपिन्सलाई ३–० को जित दिलाए ।