Published On:Friday, October 31, 2014
Posted by dadad

ओली र नेपालको झगडा बल्खुमा बल्झियो !

१४ कार्तिक, काठमाडौं । नबौँ महाधिवेशनमा प्रष्टसँग देखिएको नेकपा एमालेभित्रको गुटगत राजनीति फेरी मौलाउने देखिएको छ । छुट्टाछुट्टै पार्टी र दुस्मनको जस्तो व्यवहार गर्न समेत पछि नपरेका दुबै समूहका उनीहरु महाधिवेशनपछि केहि समय मिलेर सहकार्य गरेको जस्तो देखिएपनि पुरानो घाउमा फेरि बल्झिने निश्चित भएको हो ।

शुक्रबार एमालेले केन्द्रीय समितिको बैठक बोलाएपनि अध्यक्ष केपी ओलीले एकलौटी शासन लाद्न खोजेको भन्दै नेता काधवकुमारको विरोधी आवाज गुन्जिएपछि छलफल स्थगित हुन पुग्यो ।  ओलीको एकलौटी तरीकाले पार्टी नचल्ने भन्दै नेपालको आक्रोसपछि बैठक स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै नेता नेपालले अबैधानीक रुपले बिधान छापिएको, पार्टी व्यक्तिबादमा चलेको, गुटगत आधारमा सुकुम्बासी आयोग गठन गरेको लगाएतका बिषयमा असन्तुष्टि जनाउँदै  अध्यक्ष केपी शर्मा ओलीलाई ६ पृष्ठ लामो  ध्यानाकर्षणपत्र बुझाएपछि विवाद चुलिदै जाने निश्चित बनेको हो ।

पार्टीभित्र कुनै छलफल नै नगरिकन निर्णय लिएको भन्दै अध्यक्ष ओलीसँग निकै रुष्ट बनेका नेता नेपालले गुटको राजनीति नछाडेसम्म पार्टी भनेजस्तो नहुने जिकिर गरे । पार्टीभित्र कुनै छलफल नै नगरी मन्त्री फिर्ता बोलाएको, ८ सभासद मनोमानी आधारमा मनोनयन गरेको तथा संसदीय समितीका सभापतिहरु चयन गर्दा गुटगत आधारमा गरेको नेता नेपालको आरोप छ ।

केपी ओलीले आफ्नो समुहाके असहमतीलाई नकार्दै निर्णय गरिए नेतृत्वको गलत क्रियाकलापको भण्डाफोर गर्ने समेत नेपाल पक्षको चेतावनी छ । नेता नेपालको समुहले आफ्ना गुटका कार्यकर्तालाई मात्र राखेर एकलौटी रुपमा गठन गरिएको सुकुम्बासि आयोग बिघटन गर्न समेत माग गरेको छ । बैठक स्थगीत गर्दै अध्यक्ष ओलीले नेता नेपालको असहमतीलाई समेत समेटेर राजनीतिक प्रतिबेदन ल्याउने बताएका छन् ।

0 comments for "ओली र नेपालको झगडा बल्खुमा बल्झियो !"

Leave a reply

    Popular Posts

    Blog Archive