Published On:Wednesday, October 29, 2014
Posted by dadad
श्रीलङ्कामा पहिरोबाट चौधको मृत्यु, १५० बेपत्ता
१२ कात्तिक, कोलोम्बो । मध्य श्रीलङ्कामा बुधबार गएको भिषण पहिरोबाट १४ जना व्यक्तिको शव तानेर निकालिएको छ । भारी वर्षापछि आएको सो पहिरोमा परी अझै १५० भन्दा बढी व्यक्ति हराइरहेका स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
बाडुउल्ला जिल्लाको हाल्डुम्मुल्लाह सहरको पहाडी इलाकामा सो पहिरो गएको बताइएको छ । सो पहिरो प्रभावित इलाकाबाट १४ व्यक्तिको शव बाहिर निकालिएको प्रहरी प्रवक्ता आजित रोहानाले स्थानीय सञ्चारमाध्यमलाई बताउनु भएको छ ।
पहिरो प्रभावित सो स्थानमा उद्धारकार्य प्रहरी, सैनिक र प्रकोप व्यवस्थापन केन्द्रको सहयोगमा जारी रहेको बताइएको छ ।
सो गाउँमा कम्तीमा ५०० घरपरिवारको बसोवास रहेको जनाइएको छ । ती मध्ये महिला बालबालिकासमेत गरी कम्तीमा ५ सय व्यक्ति फसेका प्रहरीको आशङ्का रहेको छ । सिन्ह्वा