Published On:Friday, October 31, 2014
Posted by dadad
मकवानपुरमा ज्यान गुमाउनेको संख्या १० पुग्यो
१५ कात्तिक, काठमाडौं-काठमाडौंबाट विराटनगर जाँदै गरेको र इलामबाट काठमाडौं आउँदै गरेको यात्रुबस मकवानपुरको बसामाडीमा एक आपासमा ठोकिँदा १० जनाको मृत्यु भएको छ। महेन्द्र राजमार्गअन्तर्गत पर्ने बसामाडीमा शनिबार बिहान सवा २ बजे दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुका अनुसार दुर्घटनामा परि ३० जना घाइते भएका छन्।

त्यस्तै, दुर्घटनामा परि गम्भिर घाइते प्रवीणराज आचार्यको हेटौंडा अस्पतालमा र इजत दाहालको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा परि घाइते भएकचा ३० जनालाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ।