Published On:Friday, October 31, 2014
Posted by dadad

को संग हुने भयो रेखाको विहे ?

काठमाडौं । नायिका रेखा थापाले चलचित्र हिम्मतवाली निर्माणका क्रममा चलचित्र प्रदर्शनसँगै आफूले विवाह गर्न सक्ने सम्भावना व्यक्त गरेकी थिइन् ।

सामाजिक सञ्जालहरुमा उनको फिल्म हिम्मतवालीका नायक सुदर्शन गौतमसँगको अफेयरको चर्चा चुलिँदै आएको छ । रेखाले दुवै हात नभएपनि नायकका रुपमा राम्रो काम गर्ने सुदर्शनको प्रशंसामा थुप्रै शब्द खर्चिएकी थिइन् ।

निर्देशक छबि ओझासँगको सम्बन्ध चिसिएर उनीसँग अलग्गिएपछि उनी एक्लो जीवन बाँचिरहेकी छिन् । उनले एक्लो जीवन नबाँच्ने संकेत गर्दै असल र हिम्मतवाला युवकसँग विवाह गर्ने योजना सार्वजनिक गरेकी थिइन् ।
अहिले हिम्मतवाला चलचित्रले आफ्नो सफल प्रदर्शन गरिरहकै छ । नायिका रेखा र सुदर्शन प्रायः सँगै देखिन्छन् । तर उनीहरुको बिहेको कुरा भने त्यति अगाडि बढेको देखिँदैन । के यो चलचित्र प्रदर्शनको लागि उनीहरुले प्रेमका कुरा गरेका थिए त ? दर्शक समर्थकले जिज्ञासा राख्न थालेका छन् ।
copyd@nepalikonews

0 comments for "को संग हुने भयो रेखाको विहे ?"

Leave a reply

    Popular Posts

    Blog Archive