Published On:Monday, October 27, 2014
Posted by Tekman Shakya
०७३ बैशाखमा मेलम्ची आउने सम्भावना क्षीण

सुरुङको निर्माणसम्बन्धी जानकारी लिन इटालीका विदेशराज्यमन्त्री बेनडेट्टो डेल्ला भेदोभासहित सोमबार सुन्दरीलज पुगेका मन्त्री डा. नारायण खड्कालाई परामर्शदाता कम्पनीले प्रगती विवरण प्रस्तुत गरेको हो ।
विवरणमा भौगर्भिक अवस्था र प्राविधिक कारणले पूर्वनिर्धारित समयमा काम सक्ने सम्भावना क्षीण भएको उल्लेख छ । ‘दैनिक कम्तीमा ३८ मिटर सुरुङ खनिनु पर्नेमा बढीमा २० मिटर मात्र सुरुङ खनिएकाले निर्धारित समयमा मेलम्चीको पानी काठमाडौं आइपुग्न मुस्किल देखिएको छ’ एन्फ्रा एजीका स्मिथले भने ।
तर मन्त्री डा. नारायण खड्काले सुरुङको काममा अहिले देखिएका भौगर्भिक,प्राविधिक र प्रशासनिक समस्या हल गरेर समयमै पानी ल्याइपुर्याउने प्रयास अझै जारी रहेको बताए,आजको नयाँ पत्रिका दैनिकमा खबर छ । -