Published On:Thursday, October 30, 2014
Posted by dadad
डिभिजन ३ को उपाधि नेपाललाई
१३ कार्तिक, काठमाडौं । युगाण्डालाई २६ रनले पराजित गर्दै नेपाल विश्व क्रिकेट लिग डिभिजन थ्री क्रिकेट प्रतियोगीताको उपाधि जित्न सफल भएको छ । मलेसियाको क्वालालाम्पुरमा रहेको किन्नारा एकेडेमीको क्रिकेट मैदानमा २ सय २४ रनको लक्षलाई युगान्डाले पुरा गर्न नसकेपछि नेपालले उपाधि चुमेको हो ।
टस जितेर पहिले ब्याटिङ सुरु गरेको नेपाली टोली ४९ दशमलब ५ ओभरमा २ सय २३ रनमा समेटिएपछि युगाण्डाले २ सय २४ रनको लक्ष पाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको युगान्डाले ४४ ओभरमा १ बल खेल्दै १ सय ६१ रन बनाउदा अल आउट भयो । यो सँगै युगान्डासँग समुह चरणको पहिलो खेलको बदला नेपालले लिएको छ । सन् २०१३ मा पनि नेपालले बर्मुडालाई समुह चरणको हारको बदला अन्तिममा गएर लिएको थियो ।
नेपालका लागि सागर पुनले ६४, ज्ञानेन्द्र मल्ले ५६, नरेश बुढाएरले ५१ र पारस खडकाले १३ रन बनाए । अन्य सात जना खेलाडीहरु बिनोद भण्डारीले ९, आरिफ सेखले ८, सोमपाल कामी ७, महेबुब अलाम ६, बसन्त रेग्मी २ र भुवन कार्की र र शक्ति गौचनले दोहोरो रन नबनाई पोभीलीयन फर्केका थिए । नेपाली टोली शुक्रबार दिउसो १२ बजे स्वदेश फर्कने बताईएको छ ।