Published On:Tuesday, October 28, 2014
Posted by dadad

नयाँ रक्तनली उत्पादन गर्ने प्रविधि विकास

११ कार्तिक, काठमाडौं । मानव शरीरमा नयाँ रक्तनली उत्पादन गर्ने प्रविधि (स्ट्रिम सेल बेस्ड थेरापी) को विकास गर्न सकिने नयाँ अनुसन्धानले देखाएको छ ।
अमेरिकाको इन्डियाना युनिभर्सिटी स्कुल अफ मेडिसिन अन्तर्गतका वैज्ञानिक अनुसन्धानकर्ताको समूहले सो प्रविधि विकास गर्न सकिने नयाँ तथ्य सार्वजनिक गरेको हो ।
अनुसन्धानको नतिजा बायोटेक्नोलोजीको असोज–कात्तिक (अक्टुबर) महिनामा प्रकाशित भएको बताइएको छ ।
अनुसन्धानको अगुवाइ नेपाली वैज्ञानिक डा नुतन प्रसाईंले गरेका थिए । उनीसहितको टोलीले विगत लामो समयसम्म गरेको अनुसन्धानले चिकित्सा विज्ञानका क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेको थियो । यो प्रविधिले अन्धोपन तथा अङ्गछेदन हुनबाट रोक्न सकिने वैज्ञानिक डा प्रसार्इंले जानकारी दिए । अब सो प्रविधिले खुट्टाको खासगरी तल्लो भागमा रगतको प्रवाह बढाउन र अन्धोपनबाट बिरामीलाई बचाउन सहयोग पु¥याउन सकिने विश्वास गरिएको छ ।
विशेषगरी खुट्टामा हुने रक्तनलीमा बोसो जस्तो पदार्थको सङ्कलनबाट रक्त प्रवाहमा अवरोध आउन सक्छ । लामोसमयसम्म अवरोध भएमा मानव शरीरमा सुरुको अवस्थामा खुट्टा निदाउने र आराम गरेको अवस्थामा पनि खुट्टा दुख्ने गर्दछ ।

0 comments for "नयाँ रक्तनली उत्पादन गर्ने प्रविधि विकास "

Leave a reply

    Popular Posts

    Blog Archive