Published On:Friday, October 31, 2014
Posted by Tekman Shakya

शिखर सम्मेलनले फेरिने भयो रत्नपार्कको स्वरुप

१४ कार्तिक, काठमाडौं । नजिकिँदै गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) को अठारौँ शिखर सम्मेलनलाई लक्षित गरी रत्नपार्कको मर्मत सम्भार कार्य सुरु भएको छ ।

रत्नपार्कमा पुरानो स्वरुपमा परिवर्तन र खाली ठाउँमा घाँस रोप्ने काम तीव्र भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । पार्कमा नयाँ बिरुवा रोप्ने, रुख काँटछाँट गर्ने कार्य पनि तीव्र गरिएको छ । यस्तै खुल्लामञ्चमा समेत घाँस रोप्ने काम भइरहेको छ ।

रत्नपार्कभित्रका भत्केका भौतिक पूर्वाधारको मर्मत कार्य भइरहेको महानगरपालिकाका निर्माण विभागका प्रमुख सञ्जयराज उपाध्यायले जानकारी दिए । यसैगरी पार्कमा रहेका रुखमा चौतारा बनाउने, ट्र्याक बनाउने काम भइरहेको छ । पार्कभित्र अवलोकन गर्नका लागि अब टिकट काट्नुपर्ने नियमसमेत लागू गर्न लागेको उहाँले बताउनुभयो । टिकट काउन्टरका साथै सुरक्षाकर्मीको समेत व्यवस्था गर्न लागिएको हो ।

सार्क सम्मेलनलाई नै लक्षित गरी बनाउन लागेको भए पनि यो व्यवस्था सम्मेलनपछि पनि कायमै रहने उनले दाबी गरे । करिब ४० वर्षअघि निर्माण गरिएको भए पनि यसरी पार्कलाई पुनः निर्माण पहिलो पटक गर्न लागेको उनको भनाई छ ।रासस

0 comments for "शिखर सम्मेलनले फेरिने भयो रत्नपार्कको स्वरुप "

Leave a reply

    Popular Posts

    Blog Archive