Published On:Tuesday, October 28, 2014
Posted by Tekman Shakya

डिसेम्बरमा ६ दिनसम्म पृथ्वीमा पूर्ण अन्धकार होला ? के भन्छ नासा ?

आगामी डिसेम्बर महिनामा ६ दिनसम्म पूर्णरुपमा अन्धकारहुने भन्दै नासाको हवाला दिएर प्रकाशित सामाग्री अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । तर त्यो समाचार नक्कली भएको पुष्टी भएको छ । आगामी डिसेम्बरमा ६ दिनसम्म अन्धकार हुने कुरालाई नासालाई अहिलेसम्म पुष्टी गरेको छैन । तर नक्कली समाचारमा भने नासाले डिसेम्बर १६ देखि २२ सम्म पृथ्वी पूर्णरुपमा अन्धकार हुने पुष्टी गरेको उल्लेख गरिएको छ ।
          व्यंग्यात्मक समाचार प्रस्तुत गर्ने एउटा वेवसाइट हजलर डटकमले यस्तो समाचार प्रकाशित गरेपछि त्यसलाई विश्वास गरेर फेसबुक र ट्वीटरमा हल्लीखल्ली नै मच्चिएको छ । सौर्यमण्डलमा आउने आँधीका कारण पूर्ण रुपमा अन्धकार हुने भन्दै नासाका प्रमुख चाल्र्स बोल्डेनलाई हवाला दिएर समाचार प्रकाशन गरिएपनि नासाका प्रमुखले त्यस्तो अभिव्यक्ति नदिएको खुल्न आएको छ । हजलर डटकमले यस अगाडि पनि एकजना मृत अमेरिकन कलाकारले आफू जीवित रहेको दावी गरेको नक्कली रिपोर्ट प्रकाशित गरेको थियो ।
         तर नासाले भने नासा वा अन्य कुनै वैज्ञानिक संगठनले डिसेम्बरमा पृथ्वी अन्धकार हुने कुराको भविश्यवाणी नगरेको र अन्धकार हुने भन्दै प्रकाशित समाचार गलत रहेको जनाएको छ । केही संचारमाध्यमले नासाका प्रमुख चाल्र्स बोल्डेनको भनाई राख्दै समाचार प्रकाशित गरेपनि बोल्डेनले अन्धकार हुने कुरा नगरेको बरु आपतकालिन अवस्थाहरुमा अपनाउनुपर्ने सावधानीका विषयमा बोलेको नासाले जनाएको छ । बोल्डेनको भिडियो आपतकालिन अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा सन्देशमात्र रहेको र त्यसमा अन्धकार हुने कुरा कतै पनि नबोलिएको नासाले जनाएको छ । khasokhas

0 comments for "डिसेम्बरमा ६ दिनसम्म पृथ्वीमा पूर्ण अन्धकार होला ? के भन्छ नासा ?"

Leave a reply

    Popular Posts

    Blog Archive