Published On:Sunday, October 26, 2014
Posted by dadad
शौच गर्न गएको, नदीमा परेपछि...
गजुरी (धादिङ), १० कात्तिक । पृथ्वीराजमार्गको छेउबाट त्रिशूली नदीतर्फ शौच गर्न गएका एक व्यक्ति नदीमा परेर हराएका छन् । इलाका प्रहरी कार्यालय गजुरीले दिएको जानकारीअनुसार सोही गाविसको–२ फुर्केखोला नजिकैबाट सुनसरी जिल्ला इनरुवा– ९ का ४२ वर्षीय दिनेश पोखरेल त्रिशूली नदीमा परेर हराएका हुन् ।
गाडीबाट झरेर त्रिशूली नदी किनारमा शौच गर्न गएका बेला उनी चिप्लिएर नदीमा परेका थिए । विराटनगरबाट काठमाडौँ आउँदै गरेको ना५ख ३९२८ नम्बरको रात्रिबसमा आएका पोखरेल सडक किनाराबाट चिप्लिएर नदीमा परेर हराएको प्रहरीले जानकारी दिएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस