Published On:Thursday, October 30, 2014
Posted by Tekman Shakya
शेखरको २ घण्टा कार्यकर्तालाई
काठमाडौं । संविधानसभाको दोस्रो निर्वाचनपछि नेपाली काँग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्यो । त्यसपछि सरकारको नेतृत्व पनि उसैले ग¥यो । निर्धारित समयमै संविधान जारी गर्नकै लागि भन्दै सबै दलहरुको सहमतीमा पार्टी सभापति शुशिल कोईराला प्रधानमन्त्री बने । तर सरकार र सदनको नेतृत्व गर्दै अघि बढिरहेपनि कार्यकर्तालाई रुझाउन भने उसले सकिरहेको छैन । आफ्नै भुमिकाले पार्टी सबैभन्दा ठूलो बनेपनि आफुहरुकै वास्ता नगरेको भन्दै कार्यकर्ताहरु नेतृत्वप्रति रुष्ट छन् ।
देशका विभिन्न ठाउँमा कार्यकर्तामाझ जाने क्रममा नेताहरुले यस्तै गुनासाहरु झेल्न थालेपछि केन्द्रय सदस्य शेखर कोइरालाले भने एउटा अभियान सुरु गरेका छन् । कोइराला बिहीबारदेखि हरेक दिन दिउँसो १ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यलयमा रहने छन् । कार्यकर्ताहरुको गुनासाहरु थेक्न नसकेपछि कोईरालाले यो अभियान सुरु गरेको उनका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए । उनी अबदेखि हरेक दिन पार्टी केन्द्रीय कार्यलयमा २ घण्टा कार्यकर्ताहरुसँग हुनेछ, गुनासाहरु सुन्नेछन् र आवश्यक समाधान खोज्नेछन् ।