Published On:Thursday, October 30, 2014
Posted by dadad

पर्यटन बोर्डका कार्यकारी अधिकृत निरौला निलम्बित

१३ कार्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौला निलम्बनमा परेका छन् । 

बोर्डको संचालक समितिको विहीबार विहान बसेको बैठकले कार्यकाराी अधिकृत निरौलालाई निलम्बन गर्ने निर्णय गरेको हो ।

यसअघि व्यवस्थापिका संसद अन्तर्गत लेखा समितिले बोर्डमा करोडौं रुपैयाँ बराबरको भ्रष्टाचार भएको ठहर गर्दै निरौलालाई निलम्वन गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । 

करोडौं भ्रष्टाचारमा निरौलाको प्रत्यक्ष संलग्नता रहेको ठहर सहित समितिले पर्यटन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निलम्वन गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
निरौलाको निलम्वनसँगै निमित्त प्रमुख कार्यकारी अधिकृतमा नन्दिनी लाहे थापालाई नियुक्त गर्ने संचालक समितिले निर्णग गरेको छ । यस्तै समितिले सञ्चालक समिति सदस्यको जिम्मा अध्यागमन विभागका महानिर्देशकलाई दिएको छ ।

0 comments for "पर्यटन बोर्डका कार्यकारी अधिकृत निरौला निलम्बित"

Leave a reply

    Popular Posts

    Blog Archive