Published On:Saturday, October 25, 2014
Posted by Tekman Shakya

रौतहटमा ग्यासको कृतिम अभाव

रौतहट, ९ कात्तिक । रौतहटका विभिन्न बजार क्षेत्रमा एलपी ग्यासको अभाव भएको एक महिना बित्न लाग्दा पनि त्यसको सहज आपूर्ति हुन सकिरहेको छैन ।

ग्यासको अभाव भएपछि चन्द्रनिगाहपुर लगायत विभिन्न क्षेत्रमा रहेका कतिपय ग्यास डिलरले कृतिम आभाव सिर्जना गरी कालोबजारी गर्दै आएको सर्वसाधारणहरुले गुनासो गरेका छन् ।  चन्द्रनिगाहपुर, गरुडा तथा गौर क्षेत्रमा एक महिनायता खाना पकाउने ग्यासको कालोबजारी व्यापक मात्रामा बढेको छ ।
यसबारे स्थानीय उपभोक्ताले पटकपटक गुनासो गर्दा पनि स्थानीय प्रशासन मौन रहँदै आएको छ ।
रौतहटमा करिब एक दर्जनभन्दा बढी ग्यास कम्पनीका डिलर रहेका छन् भने अधिकांश डिलरमा दैनिकरुपमा ग्यासको आपूर्ति पनि भइरहेको छ । तर उनीहरुले ग्यासको बिक्री वितरण पसलबाट नगरेर घर वा अन्य गोदामबाटै कालोबजारी गर्ने गरेका छन् । डिलरहरुले प्रतिसिलिण्डर रु दुई हजारदेखि दुई हजार ५०० सम्म चर्को मूल्य लिने गरेको सर्वसाधारणले गुनासो गरेका छन् । रासस

0 comments for "रौतहटमा ग्यासको कृतिम अभाव"

Leave a reply

    Popular Posts

    Blog Archive