Published On:Friday, October 31, 2014
Posted by Tekman Shakya
हामी नेपाली
![]() |
कृष्ण आचार्य |
अनि छत्तिस बर्ण चाहिन्छ,
त्यसरीनै देश जित्नको लागि,
देश विकास गर्नको लागि,
एक जात,एक भाषा अनि
एक धर्म भएर हुँदैन,
पहिला नेपाल चाहिन्छ अनि
हजार नेपालीको एक स्वर चाहिन्छ,
किन त ? किन म ? हामी जुन जात
हामी जुन धर्म, मान्ने भए पनि
पहिला हामी नेपाली हो ।
एउटै माला बनि बसको हामी
एउटै ताल बनि बसको हामी
धर्म,जात र भाषाको
कालो र सेतो को
दुव्लो मोटो र पातलो को
हिमाली तराई र पहाडीको,
किन चिरा हाम्रो विचमा ?
पहिला नेपाल अनि नेपाली
कसैको नामको पछाडी
दमाइ होला, कसैको कामी होला
कसैको थारु होला कसैको शर्मा होला
तर सबैको बस्ने घर एउटै हो ।
हामीले कुरा बुझनु पर्छ
नेपाल रहे हामी रहने हो,
हिमाल रहे नदि बहने हो,
हामी हामीमा अब छोड, त को भन्नलाई
एक जुट अनि एक स्वर चाहिन्छ
नेपाल बन्नलाई
त्यसैले हामी एक हुनु पर्छ
हिन्दु धर्ममान्नेले,
शिवको शक्ति लिएर आउ
बुद्ध धर्म मान्नेले बुद्धको वाणी लिएर आउ
अरु धर्म मान्ने ले यस्तै यस्तै चिज लिएर आउ
नेपाल एक भएर बनाउ
हामी जो जहा भए पनि
नेपाललाई एक साझा सुन्दर घर जस्तै बनाउ ।