Published On:Thursday, October 30, 2014
Posted by dadad
धादिङबेसीमा कृषि उपज बजार सुरु
धादिङ । सदरमुकाम धादिङबेसी क्षेत्रमा बढ्दै गएको तरकारीको मागलाई पुरा गर्न नीलकण्ठ नगरपालिका ३ धादिङबेसीमा कृषि उपज बजार सुरु भएको छ । कृषकहरुले उत्पादन गरेको तरकारी विक्रि वितरण गर्न सदरमुकाममा निश्चित ठाउँको अभाव बढ्दै गएपछि कृषि उत्पादनलाई निश्चित ठाउँवाट बिक्री बितरण गर्ने लक्ष्यका साथ कृषि उपज बजारको सुरुवात गरिएको हो । सदरमुकाममा पहिलो पटक स्थापना गरिएको कृषि उपज बजारबाट किसानहरुका साथै उपभोक्ताहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।
कृषि उपज बजारको उद्घाटन गर्दै नेपाली काङग्रेस धादिङका सभापति रामनाथ अधिकारीले धादिङ जिल्लामा उत्पादन भएको ९८ प्रतिशत तरकारीमा किसानहरुले विषादी प्रयोग गर्ने गरेको बताए । तरकारीमा घातक विषादी प्रयोग सँगै जिल्लामा विरामीहरुको चाप पनि बढेको अधिकारीको भनाई थियो । जति सक्दो छिटो किसानहरुले तरकारी बालीमा विषादीको प्रयोग न्यूनिकरण गर्नु पर्नेमा अधिकारीको जोड थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्द्रलाल शर्मा, एकिकृत नेकपा माओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारी, एक्सन नेपाल धादिङका हरि उप्रेती लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।