Published On:Wednesday, October 29, 2014
Posted by dadad

फुड फेष्टिबलको तयारी पुरा

गंगालाल गुरुङ ।
१२ कात्तिक, पोखरा । पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियशन (सिटी रेवान)ले गर्न लागेको तेस्रो सिटी रेवान महोत्सव तथा फुड फेष्टिबलको तयारी पुरा भएको छ ।
फेष्टिबल हुने मिति नजिकिदै गर्दा प्रचार प्रचार, स्ट्रल बुकिङ, फेष्टिबल हुने स्थानको व्यवस्थापन लगायतका तयारी पुरा भएको महासचिव एवं प्रचार संयोजक दिपक तिमिल्सिनाले बताए ।
सिटी रेवानले यसपटक कात्तिक १४ देखि २२ गतेसम्म पोखराको रङ्गशालामा फेष्टिबल गर्न लागेको छ ।
पर्यटन प्रवद्र्वन, सामाजिक सेवा, उपभोक्ताको हित र लोक संस्कृतिको विकास गर्ने उदेश्यले महोत्सव गर्न लागिएको अध्यक्ष के.पी शर्मा पाध्याले जानकारी दिए ।
महोत्सवमा विभिन्न व्यवसाय, रेष्टुरेण्ट, सुरक्षा र स्वास्थ्यका गरी एक सय ५० वटा स्ट्रल रहने छन्। महोत्सव सम्पन्न गर्न ३२ लाख ६८ हजार खर्च लाग्ने तथा महोत्सवबाट ३५ लाख ९५ हजार आम्दानी हुने अपेक्षा गरिएको छ।
महोत्सव दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवको आकर्षणमा खानाका परिकारहरुवीच प्रतियोगिता, राष्ट्रिय स्तरको खुल्ला लोकदोहोरी प्रतियोगिता, गृहणी महिला नृत्य प्रतियोगिता, उपभोग्य बस्तुको प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी, बाल उद्यान र ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।
महोत्सवमा यसपटक विवाहित पुरुषवीच नृत्य प्रतियोगिता, लोकल कुखुराको झोलसँग ढिडो खाने प्रतियोगिता, लमजुड्डको ठाडो भाका, हास्य प्रहसन जस्ता कार्यक्रम पनि थप गरिने छ ।
महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० र विद्यार्थीका लागि ३० रुपैयाको टिकट व्यवस्था गरिने छ ।
महोत्सवको शुक्रबार पर्यटन मन्त्री दिपकचन्द्र अमात्यले उद्घाटन गर्ने महासचिव दिपक तिमिल्सिनाले जानकारी दिए ।

0 comments for "फुड फेष्टिबलको तयारी पुरा"

Leave a reply

    Popular Posts

    Blog Archive