Published On:Wednesday, October 29, 2014
Posted by dadad

काँग्रेस एमाले लचक भए हामी पनि लचकः एमाओवादी

१२ कार्तिक, काठमाडौं । तोकिएकै समयमा संविधान जारी गर्नका लागि सक्दो लचकता अपनाउने एकीकृत नेकपा माओवादीले निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बुधबार बसेको स्थायी समिति बैठकले आगामी ८ माघ भित्रै संविधान जारी गर्न आफ्नो तर्फबाट सकिने लचकता अपनाउने निर्णय गरेको हो ।

सहमतिबाटै संविधान लेखन प्रक्रियालाई पूर्णता दिनुपर्ने र त्यसका लागि आफ्नो अडान मात्रै प्रस्तुत गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने भन्दै माओवादीले अन्य दलहरुलाई पनि लचक भएर सहमतीमा आउन आग्रह गरेको छ ।
संविधान निर्माणमा देखिएको विवादित विषयमा सहमति जुटाउन आफ्नो तर्फबाट लचकता प्रदर्शन गर्ने र सहमति कायम गर्न विशेष ध्यान दिने निर्णय पार्टीले लिएको बरीष्ठ नेता बाबुराम भट्टराईले जानकारी दिनुभयो ।
विगतमा भएका १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान २०६३ र विभिन्न समयमा भएका सहमति तथा सम्झौता नै संविधान लेखनको मुख्य आधार भएको माओवादीको निष्कर्ष छ ।

विगतमा विभिन्न पक्षसँग गरिएको सहमति र प्रतिबद्धता विपरीत राज्य पुनःसंरचनाको विषयलाई कम आँक्ने गरी आएको प्रस्तावले संविधान लेखन प्रक्रियालाई पूर्णता नदिने माओवादीको दाबी छ ।
राज्य पुनःसंरचनाका विषयमा एमालेको ४ प्रदेशको नयाँ प्रस्ताव सहमति बनाउने भन्दा बन्न लागेको सहमतीलाई भत्काउन उद्धत रहने माओवादीले जनाएको छ ।

आफुहरुले लचकता अपनाएपनि काँग्रेस, एमालेले भाँजो हाल्ने काम गरिरहेको भन्दै अहिलेकै अवस्थामा भने १० प्रदेशको अडानबाट पछि नहट्ने माओवादीले जनाएको छ ।
वरीष्ठ नेता बाबुराम भट्टराइ र भट्टराई पक्षधर नेता समेत सहभागी बैठकले अन्य दल अडानबाट पछि नहटेको भन्दै तत्काल्लका लागि लचिलो हुने ठाउँ नरहेको निष्कर्ष निकालेको हो ।

0 comments for "काँग्रेस एमाले लचक भए हामी पनि लचकः एमाओवादी"

Leave a reply

    Popular Posts

    Blog Archive