Published On:Tuesday, October 28, 2014
Posted by Tekman Shakya

प्रचण्ड र लियोबीच आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका प्रमुख लियो साङ जियाङ सुन नेतृत्वको टोलीबीच आपसी हित र द्विपक्षीय चासोका अन्य विषयमा छलफल भएको छ ।
भेटमा चिनियाँ टोलीले निर्धारित समयमा संविधान जारी भएर नेपाल शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्ने आशा व्यक्त गरेको बताईएको छ ।
नेपालले लिएको एक चीन नीतिप्रति चीनको सदैव सकारात्मक धारणा रहेको उनीहरुको भनाई थियो ।
जवाफमा अध्यक्ष प्रचण्डले एक चीनको नीतिप्रति आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै दुई देशका चासोका विषयमा आपसी छलफल र समन्वय गरेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो  । भेटका अवसरमा एकीकृत माओवादीलाई तिब्बत सरकारले एक सय थान कम्प्युटर उपहार दिएको प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।

0 comments for "प्रचण्ड र लियोबीच आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल"

Leave a reply

    Popular Posts

    Blog Archive