Published On:Wednesday, October 29, 2014
Posted by dadad

तीस भन्दा बढी सिरियाली सैनिकको मृत्यु

१२ कार्तिक, दमासकस । सिरियाको होमस् प्रान्तको प्रमुख ग्यास केन्द्रनजिकै इस्लामिक स्टेटका लडाकू र सैनिकबीच भएको झडपमा ३० भन्दा बढी सिरियाली सैनिकको मृत्यु भएको छ । होमस् प्रान्तको पूर्वी भागमा पर्ने अल साएर ग्यास केन्द्रनजिकै सिरियाली सैनिक र आइएस  लडाकूबीच भएको सो झडपमा ३० भन्दा बढी सैनिकको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमान राइट्स समूहले जनाएको छ ।

होम प्रान्तमा अवस्थित ‘द अल साएर नैचरल  ग्यास फिल्ड’ आईएस लडाकूको गत १७ जुलाईमा कब्जामा लिएका थियो । तर सिरियाली सैनिकले २६ जुलाई  मा सो  क्षेत्र पुनः नियन्त्रणमा लिएको बताइएको छ । सिन्ह्वा

0 comments for "तीस भन्दा बढी सिरियाली सैनिकको मृत्यु "

Leave a reply

    Popular Posts

    Blog Archive