Published On:Tuesday, October 28, 2014
Posted by Tekman Shakya
स्थायी समितिमा प्रचण्डले भने, ‘ओलीको ध्यान प्रधानमन्त्रीमा मात्रै’
काठमाडौं, १२ कात्तिक । स्थायी समिति बैठकमा प्रचण्डले एमालेअ ध्यक्ष केपी ओली संविधान निर्माणमा भन्दा सत्तासमीकरणको खेलमा सक्रिय हुन थालेको आभास हुन थालेको बताएका छन् ।
ओलीको दौडधुप त्यसैतर्फ केन्द्रित भएको उनले बताए ।
‘प्रधानमन्त्री सुशील कोइराला आफ्नै नेतृत्वको सरकारबाट संविधान जारी गर्ने गृहकार्यमा लागेको देखिएको छ, तर एमाले अध्यक्ष ओलीको ध्यान प्रधानमन्त्री बन्नेतर्फ केन्द्रित देखिन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘ओलीले संविधान निर्माणमा देखाएको उदासीनता र उनका आन्तरिक दौडधुप त्यसैतर्फ केन्द्रित देखिन्छन् ।’
केही दिनअघि प्रधानमन्त्री सुशील कोइरालाले ८ माघमा संविधान जारी नभए पनि सरकारले निरन्तरता पाउने बताएपछि ओलीले दोस्रो दिनै प्रतिक्रिया दिएका थिए । संविधान बने पनि नबने पनि प्रधानमन्त्रीले कुर्सी छाड्नुपर्ने ओलीले बताएका थिए ।
यसैगरी संघीयतामा काँग्रेस लचिलो, एमाले कट्टर र शासकीय स्वरुपमा एमाले लचिलो, कांग्रेस कट्टर रहेको निष्कर्ष एमाओवादीले निकालेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।