Published On:Sunday, October 26, 2014
Posted by Tekman Shakya

विद्यालयलाई कम्प्युटर हस्तान्तरण

धादिङ, ९ कार्तिक । ग्रामिण क्षेत्रका विद्यार्थीहरुमा विज्ञान तथा प्रविधिको क्षेत्रमा पहुँच पु¥याउने उदेश्यले गैरीपूर्षु टोल सुधार समिति ढोलाले विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । समितिले रत्नज्वती प्राथमिक विद्यालयको प्राङ्गणमा एक कार्यक्रम गरी विद्यालयलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको हो ।संसार आधुनिक प्रविधिमा धेरै अगाडी बढिसकेको समयमा पनि ग्रामिण भेगका विद्यार्थीहरु कोरा किताबी ज्ञानमा मात्रै सिमिति रहेकाले विद्यालयमा कम्प्युटर शिक्षाका लागि कम्प्युटर प्रदान गरिएको अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै समितिले सरसफाईमा विशेष ध्यान दिने स्थानीय दिल कुमार श्रेष्ठलाई नगद र प्रमाणपत्र सहित सम्मान गरेको छ । श्रेष्ठलाई गरिएको सम्मानले सबैमा सरसफाईमा विशेष ध्यान दिनुपर्ने शिक्षा प्रवाह भएको समितिले विश्वास लिएको छ । कार्यक्रमको अवसरमा विद्यालयलाई १ थान डिस होम उपलब्ध गराउने स्थानीय हिरालाल श्रेष्ठले घोषणा गर्नुभएको छ भने, एकथान टेलिभिजन उपलब्ध गराउने शरण कुमार श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रमको प्रमुख अतिथि स्रोतव्यक्ति सुदर्शन भट्ट र विशेष अतिथि नेपाली काँग्रेस धादिङका शिवराम अधिकारी रहनुभएको थियो ।

0 comments for "विद्यालयलाई कम्प्युटर हस्तान्तरण"

Leave a reply

    Popular Posts

    Blog Archive