Published On:Friday, October 31, 2014
Posted by dadad

शिक्षक कल्याणको वार्षिक मुनाफा १ लाख ९८ हजार रुपैयाँ

१५ कार्तिक, धादिङ । शिक्षक कल्याण बचत तथा क्रण सहकारी संस्था लिमिटेड निलकण्ठ ३ धादिङको चौथो वाषिक साधारण सभा धादिङबेसीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशरी प्रसाद पन्तको सभापतित्व रहेको कार्यक्रममा पुर्व खेलकुद मन्त्री तथा एकिकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य एवम् धादिङ,नुवाकोट रसुवाका ईन्चार्ज हित वहादुर तामाङको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा एनेकपा माओवादीका केन्द्रिय सदस्यहरु पुष्पविक्रम मल्ल, कल्पना धमला, एनेकपा माओवादी धादिङका अध्यक्ष राम वहादुर भन्डारी, उपाध्यक्ष राजु नेपाल बिकास , सचिव धन वहादुर वुर्लाकोटी बिजय, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय महासचिव शंकर अधिकारी, जिल्ला अध्यक्ष अर्जुन नगरकोटी लगायत संस्थामा आवद्ध सेयर सदस्यहरु, पार्टीका नेता कार्यकर्ता सुभचिन्तकहरुको सहभागिता रहेको थियो ।
जनताले सोचे जस्तो संविधान समयमा नदिन नेपाली काँग्रेस र नेकपा एमालेले चलखेल गरिरहेकोले जनता आफै सचेत रहन समेत तामाङले आग्रह गरे। विगतमा गरेका सहमतीहरुलाई उल्टाउदै वखेडा निकालेका कारण तोकिएकै समयमा संबिधान पाउनेमा संका रहेको तामाङको भनाई थियो ।

संस्थाका सचिव शान्ती कुमारी श्रेष्ठले वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष शिव प्रसाद रिजालले रु ५१ लाख वरावरको आर्थिक प्रतिवेदन पेस गर्नु गरेका थिए । ५ सय १९ जना सेयर सदस्य रहेको सस्थाको वार्षिक मुनाफा १ लाख ९८ हजार रुपैयाँ रहेको छ।

0 comments for "शिक्षक कल्याणको वार्षिक मुनाफा १ लाख ९८ हजार रुपैयाँ"

Leave a reply

    Popular Posts

    Blog Archive