Published On:Wednesday, October 29, 2014
Posted by dadad

मलेसियालाई ३६ रनले हराउदै नेपाल डिभिजन टू मा बढुवा

१२ कार्तिक, काठमाडौं । मलेसियालाई ३६ रनले पराजित गर्दै नेपाल आईसीसी वल्र्ड क्रिकेट लिगको डिभिजन टू मा बढुवा भएको छ । नेपालले यो सँगै चौथो जित दर्ता गरेसँगै उपाधिका लागि युगाण्डासँगको भेट पक्का गरेको छ । समुह चरणमा भएको खेलमा युगाण्डाले नेपाललाई २० रनले पराजित गरेको थियो । वर्षाका कारण प्रभावित भएपछि खेललाई डिएल मेथडमा लगिएपछि नेपालले मलेसियालाई पराजित गरेको हो ।

मलेसीयाको राजधानी क्वालालम्पुरमा रहेको सेलङगर ट्रफ क्लबमा भएको खेलमा मलेसियाले दिएको १ सय ४३ रनको लक्ष्य नेपालले डिएल मेथडमा २५ ओभरमा २ विकेटको क्षतिमा ८९ रन बनाएपछि जित हाँसिल गरेको हो ।
पानीसँगै आएको हावाहुरीले प्लेयर बक्स भत्काउनुका साथै मैदानमा पानी जमेपछि खेल हुने सकेन र डक वर्थ लुइस मेथडका आधारमा नेपाल ३६ रनले विजयी भयो ।
कप्तान पारस खड्काले उत्कृष्ठ बलिङ गरेका थिए ।  उनी म्यान अफ दि म्याच घोषित भए । नेपालले मलेसियाका सबै व्याट्सम्यानलाई क्याच आउट गरेको थियो । भोलि नेपालले उपाधिका लागि युगान्डासँग भिड्नेछ ।

0 comments for "मलेसियालाई ३६ रनले हराउदै नेपाल डिभिजन टू मा बढुवा"

Leave a reply

    Popular Posts

    Blog Archive