Published On:Sunday, October 26, 2014
Posted by dadad
सिंगापुरविरुद्धको खेलमा नेपालको सानदार जित
काठमाडौं, ९ कार्तिक । नेपालले सिंगापुर विरुद्धको आईसिसि बिश्व क्रिकेट लिग डिभिजन थ्री प्रतियोगितामा सानदार जित आत्मसाथ गरेको छ । टस हारेर व्याटिङमा उत्रिएको नेपालले दिएको २ सय ६४ रनको लक्ष सिंगापुरले भेट्टाउन नसकेपपछि नेपाल १ सय ९० रनले विजयी भएको हो ।
नेपालले उप–कप्तान ज्ञानेन्द्र मल्लको सतकिय योगदान संगै निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २६३ रन बनाएपछि सिंगापुर सामु जितका लागी २ सय ६४ रनको लक्ष प्रस्तुत गरेको हो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा जवाफि व्याटिङमा उत्रिएको सिंगापुरले २१ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै बनाउन सक्यो ।
नेपालका सोमपाल कामी र बसन्त रेग्मीले ४÷४ विकेट लिए भने अमृत भट्टराईले २ विकेट लिए ।
उप–कप्दान ज्ञानेन्द्र मल्लले सतकिय योगदान गरे । १२५ बलको सामना गरेका उपकप्तान मल्लले १३ चौका र एक छक्काको मद्दतमा सर्बाधिक ११७ रन बनाए ।
रनको खाता नखोल्दै दोस्रो बलमै ओपनर सुवास खकुरेलाई गुमाएको नेपालको पारीलाई मल्लले समालेका हुन ।
नरेश बूढाएरले २९, शरद भेषवाकरले २५, बसन्त रेग्मीले २१, कप्तान पारस खड्काले १४, बिनोद भण्डारीले ८, सोमपाल कामीले ६ र शक्ति गौचनले ५ रन बनाए ।
सागर पुन २१ र अमृत भण्डारी ६ रनमा अबिजित रहे । नेपालले आफ्नो ईनिङमा २७ चौका र चार छक्का प्रहार ग¥यो ।