Published On:Wednesday, October 29, 2014
Posted by dadad

पाँचौ विश्व शान्ति सम्मेलन हुँदै

१२ कार्तिक, काठमाडौं । विश्व शान्ति फाउन्डेसन र क्रोधरहित संसार नामक संस्थाले यही कात्तिक १५ गते काठमाडौँमा पाँचौ अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गर्ने भएको छ ।

सम्मेलनको मुख्य विषय ‘गन्तव्य बुद्धि, समावेशी शिक्षा, सकारात्मक मनोविज्ञान, एकता र सांस्कृतिक विविधता’ रहेको छ ।  

सम्मेलनमा अमेरिका, बेलायत, बङ्गलादेश, भारत, जापान, दक्षिण अफ्रिका र नेपाललगायत १८ मुलुकका १५० जनाको सहभागिता रहने क्रोधरहित संसार (वल्र्ड विथआउट एन्गर) संस्थाका अध्यक्ष डीएम बस्नेतले जानकारी दिए ।

विश्वमा देखिएको अशान्तिलाई न्यून गर्न शिक्षा र सकारात्मक मनोविज्ञान, सांस्कृतिक सद्भावका माध्यमबाट सामाजिक चेतना, नैतिकता र सकारात्मक परिवर्तन गराउन सम्मेलन महत्वपूर्ण हुने पउनले बताए ।

0 comments for "पाँचौ विश्व शान्ति सम्मेलन हुँदै"

Leave a reply

    Popular Posts

    Blog Archive