२ लाख १४ हजार रुपैयाँ रकम विनियोजन
कृष्णबहादुर लामिछाने ।
१२ कार्तिक, धादिङ । गाविस स्तरीय कृषि समिति तान्द्राङ गोरखाले विभिन्न शिर्षकमा २ लाख १४ हजार रुपैयाँ विनियोजन गरेको छ । समितिले आर्थिक बर्ष २०७१/७२ को नेपाल सरकार बाट प्राप्त अनुदाम रकम कृषि क्षेत्रका लागि विनियोजन गरेको छ ।
विनियोजन रकम मध्ये सिचाईमा ४० प्रतिशत, तरकारी तथा प्रविधि विस्तारमा २०, विउविजन खरीद तथा नर्सरी ब्याड निर्माणमा ४० प्रतिशत छुट्याएको छ । तान्द्राङको कृषि समुहमा आवद्ध किसानहरुलाई हरियो तरकारी खेतीमा सामुहिक खेति प्रणाली अनुसार ब्यवसायीक खेति तर्फ अकर्षक गराई तानद्राङ गाविसलार्ई पकेट क्षेत्र बनाउने उद्येश्य लिएको छ ।
गाविसका सबै वडामा एक÷एक नर्सरी ब्याड तयार गरी समुहमा आवद्ध प्रत्येक किसान सदस्यहरुलाई निःशुल्क बेर्ना वितरण गर्ने गरी मौसमे तरकारीमा काउली, ब्रोकाउली, रायो, बन्दा, मुला, ब्याजको विउ खरीद गरी नर्सरी गरिएको छ ।
गएको बर्ष किसानलाई तरकारी खेतिमा निर्बाह मुखी बाट ब्यबसायी खेति तर्फ उत्प्रेरिगरि प्रत्येक समुहलाई पाईप, बेमौसमी तरकारिमा घिरौँला, काँक्र्रो, करेला, टमाटरको विउ उपलब्ध गराएको थियो ।
गाविसमा उत्पादित तरकारी संङकलन तथा भण्डारणका लागि बजार ब्यबस्थापन कृषि निर्देशानालय ललितपुरबाट ५ लाख र तानद्राङ कृर्षि समितिको तर्फबाट ६० हजार गरी ५ लाख ६० पैयाँ खर्च भएको छ ।