Published On:Friday, October 31, 2014
Posted by dadad
निर्धारित समयमै संविधान ल्याउनुपर्योः ११ विद्यार्थी संगठन
१४ कार्तिक, काठमाडौं । विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले निर्धारित समयमै संविधान जारी गर्नका लागि सामुहिक दबाब दिने भएका छन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको कार्यलय बागबजारमा शुक्रबारा बसेको विभिन्न ११ विद्यार्थी संगठनहरुले दबाब स्वरुप दलका शिर्ष नेतारुहलाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको हो ।
माघ ८ गते नै संबिधान जारी गर्न दबाब दिने उद्देश्यले एक हप्ताभित्र प्रधानमन्त्री, सभामुख र सबै राजनीतिक दलका शीर्ष नेतालाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।
यस्तै विद्यार्थीहरुको संयुक्त बैठकले आईसीसी वल्र्ड क्रिकेट लिगको डिभिजन टू मा बढुवा हुन सफल नेपाली क्रिकेट टिमलाई पनि बधाई दिने निर्णय गरेको छ । बैठकले भ्रष्टाचारको बिषयले देशभरका विश्व बिद्यालयमा भइरहेको अस्त व्यस्तताबारे समेत सरकार र राजनीतिक नेतृत्वलाई ध्यानाकर्षण गराइने निर्णय समेत गरेको छ । प्रधानमन्त्रीले भाडा नबढाउन व्यवसायीहरुलाई निर्देशन दिएपनि त्यसको पालना नगर्ने र अर्को हप्तादेखि भाडा बढाउने व्यवसायीहरुको अभिव्यक्तिप्रति विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् ।
दुई पटक पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य घट्दा पनि यातायात व्यवसायीले भाडा बढाउछु भन्नु गैरजिम्मेवार भएको उनीहरुको भनाई छ । यस्तै सवारी दुर्घटनामा दर्जनौं नागरिकको मृत्यु हुँदा समेत सरकारले कुनै चासो नदेखाएको भन्दै विद्यार्थीहरु असन्तुष्ट भएका छन् ।