Published On:Friday, October 31, 2014
Posted by dadad
पोखरामा फुड फेष्टिबल शुरु
पोखरा, १५कात्तिक। पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियशन९सिटी रेवान०को आयोजनामा पोखरामा शुक्रबारदेखि तेस्रो सिटी रेवान महोत्सव तथा फुड फेष्टिबल शुरु भएको छ।
महोत्सव दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ। महोत्सवको आकर्षणमा खानाका परिकारहरुवीच प्रतियोगिता, राष्ट्रिय स्तरको खुल्ला लोकदोहोरी प्रतियोगिता, गृहणी महिला नृत्य ्रतियोगिता, उपभोग्य बस्तुको प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी, बाल उद्यान रख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने छ। महोत्सवमा यसपटक विवाहित पुरुषवीच नृत्य प्रतियोगिता, लोकल कुखुराको झोलसँग ढिडो खाने प्रतियोगिता, लमजु·को ठाडो भाका, हास्य प्रहसन जस्ता कार्यक्रम पनि थप गरिएको छ। महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० र विद्यार्थीका लागि ३० रुपैयाको टिकट व्यवस्था गरिएको छ।महोत्सवको शुक्रबार उद्घाटनगर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले पोखराको लेकसाइड मात्र पर्यटकीय क्षेत्र नभएको बताए।
विदेशीको बढि चलहपहल भएका कारण लेकसाइड मात्र पर्यटकीय क्षेत्र भएको लाग्न सक्छ तर त्यसो होइन उनले भने – लेकसाइडको जस्तै पोखराको पातलो छागो, चमेरी गुफा, चिप्लेढुब्गा र महेन्द्रपुलको पनि आफ्नै विषेशता छ, समग्र पोखराको विकासका लागि सवै स्थललाई चिनाउनुपर्छ। उनले रेष्टुरेण्ट तथा बारहरुले स्वेदशी तथा विदेशी पर्यटकहरुलाई उनीहरुको चाहाना अनुसार गुणस्तरीय सेवा दिएर आकर्षित गर्न सक्नुपर्नेमा जोड दिए।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासब्घका पुर्वअध्यक्ष आनन्दराज मुल्मी, नेपाल होटल व्यवसायी महासब्घका अध्यक्ष अमृत भुजेल, पोखरा उद्योग वाणिज्य सब्घका अध्यक्ष विन्दुकुमार थापा, पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्य भुजेल, नेपाल पत्रकार महासब्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, बरिष्ठ लोकगायक प्रजापति पराजुलीले बोलेका थिए। सिटी रेवानका अध्यक्ष के।पी शर्मा पाध्याको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष पिताम्बर पौडेलले स्वागत र महासचिव दिपक तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए।
महोत्सवको उद्घाटनपुर्व चिप्लेढुब्गाबाट निकालिएको ¥याली विभिन्न स्थान परिक्रमापछि महोत्सवस्थल पुगेको थियो।