Published On:Wednesday, October 29, 2014
Posted by dadad

सर्वसाधारण ठग्दै ट्राभल्स एजेन्सी

१२ कार्तिक, रुपन्देही । रुपन्देही जिल्लाभित्र सञ्चालित केही ट्राभल्स एजेन्सीले नियम विपरीत कार्य गर्ने गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देही, पर्यटन कार्यालय, वाणिज्य कार्यालय, पर्यटन प्रहरी, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसहितको अनुगमन टोलीले अनुगमन गर्ने क्रममा ट्राभल्सको नाममा म्यानपावरको काम गर्ने गरेको पाइएको हो ।
ट्राभल्सको नाममा अवैध तरिकाबाट म्यानपावर सञ्चालन गरेको पाइएका तीन वटा म्यानपावर कम्पनीलाई १५ दिनभित्र तोकेको काम गर्ने कागजात तयार गर्न निर्देशन दिएको छ ।
कागजात पूरा नभए १५ दिनमा जिल्ला प्रशासन कार्यालयमा आउनसमेत निर्देशन दिएको छ ।
छ वर्ष पहिले अनुमतिपत्र लिएका ट्राभल्सले खुल्लमखुल्ला कारोबार गर्दै आएको व्यवसायीको दाबी छ ।
टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं ७ मा रहेको अबु सायना ट्राभल्स एन्ड टुर्स प्रालि, अल सयरिन ट्राभल्स एन्ड टुर्स प्रालि, बिग वल्ड समसरा एन्ड टुर्स प्रालिमा अनुगमन गरेको थियो ।
त्यसैगरी सिग्मा ट्राभल्स एन्ड टुर्स प्रालि, नेपाल ट्राभल्स टुर्स एन्ड ट्रेलर प्रालि, ब्लु डायमण्ड टुर्स एन्ड ट्राभल्स प्रालि बेलहिया र लिङक एब्रोन टुर्स एन्ड ट्राभल्र्स प्रालिमा अनुगमन गरेको हो ।
ट्राभल्सलाई व्यवस्थित गराउनका लागि जिल्लास्थित सरकारी निकायले ट्राभल्स व्यवसायको अनुगमन गरिएको सिद्धार्थ ट्राभल्स एसोसिएसन अफ लुम्बिनी च्याप्टर साटाका अध्यक्ष सागर अधिकारीले बताउनुभयो ।
लुम्बिनी र राप्ती अञ्चलमा गरी करिब ६० ट्राभल्स दर्ता रहेको साटाका उहाँले बताउनुभयो । रासस

0 comments for "सर्वसाधारण ठग्दै ट्राभल्स एजेन्सी"

Leave a reply

    Popular Posts

    Blog Archive