Published On:Thursday, October 30, 2014
Posted by dadad
ओमन पुगेकी युवतीको उद्धार गर्न आग्रह
त्रिशूली (नुवाकोट), १३ कात्तिक । घरेलु कामदारका रूपमा ओमन पुगेकी नुवाकोटकी एक युवतीलाई मालिकले यातना दिएको भन्दै परिवारले उद्धार गरिदिन आग्रह गरेको छ । चारघरे गाविस–९ गौरीबेँसीकी २१ वर्षीया रिमा तामाङलाई काम गर्ने घरको मालिकले बन्दी बनाई यौनहिंसा गरी मानसिक तथा शारीरिक यातना दिएको भन्दै उनको परिवारले उद्धार गरी सहयोग गर्न आग्रह गरेको हो । बुधबार विदुरमा आधिकारकर्मीहरूसँग छोरीको उद्धार गर्न पहलका लागि अनुरोध गर्न आएकी लक्ष्मीले फोनमा छोरीले रुँदै आफूलाई थुनेर राखेको, खाना खान नदिने, कुटपिट गर्ने गरेको भन्ने गरेको बताइन् ।
“मालिक र मालिकको चारवटा छोराले यौन शोषण गरेको, नमाने मार्ने धम्की दिने गरेका छन्, हामीले तँलाई किनेर ल्याएको भन्दै कुटपिट गर्छन् भन्दै छोरी रुन्छे,” लक्ष्मीले भनिन्, “छोरीलाई पठाउने सुशीलालाई समाउन पुलिसले वास्ता गरेको छैन । आफू केही जान्दिनँ । छोरी मर्छे कि भन्ने पिर लाइरा’छ । हजुरहरूले बचाउन पहल गर्दिनुप¥यो ।” लक्ष्मीले रिमालाई विदेश पु¥याउने चारघरे गाविस–९ गौरीबेँसी माइती भई धादिङको धार्केमा घर भएकी सुशीला रिमाललाई झिकाएर कारबाही र छोरीको उद्धार गर्न आग्रह जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पनि उजुरी दिएकी छिन् । रासस