Published On:Saturday, October 25, 2014
Posted by Tekman Shakya

यमनमा भएको आक्रमणमा दर्जनौँको मृत्यु

साना, ९ कात्तिक । यमनको मध्यभागमा सिया विद्रोही तथा अल–कायदासँग आवद्ध सुन्नी आदिवासी समुदायबीच भएको सङ्घर्षमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । अमेरिकी चालकविहीन विमान भनी आशङ्का गरिएको विमानबाट भएको आक्रमणमा १० जिहादीको मृत्यु भएको आदिवासी जनाएको छ । हुथीस विद्रोहीले राजधानी साना तथा रेड सीको बन्दरगाहयुक्त नगर हुदेइदामा आफ्नो नियन्त्रण कायम गरेका छन् भने उनीहरूलाई थप विस्तार हुन नदिन अल–कायदाका लडाकू तथा आदिवासी समुदायले रोकेका छन् । शुक्रबार हुथी लडाकूले बाइदा प्रान्तको रादा नगरको पहाडी भागलाई नियन्त्रण गर्न प्रयास गरेपछि सङ्घर्ष आरम्भ भएको हो । आदिवासी स्रोतले हुथीसलाई प्रत्येकपटक निकै क्षति पुगी फकाईएको जानकारी दिएका छन् । उनीहरूले यस सङ्घर्षमा हुथिसतर्फ दर्जनौँ व्यक्तिको मृत्यु भएको बताए ।
हुथी लडाकूलाई यमनी सैनिकले पनि सहयोग गरेको दाबी गरे । यस विषयमा स्वतन्त्र रूपमा पुष्टि नभएको स्रोतको भनाई छ । एएफपी

0 comments for "यमनमा भएको आक्रमणमा दर्जनौँको मृत्यु "

Leave a reply

    Popular Posts

    Blog Archive