Published On:Saturday, October 25, 2014
Posted by Tekman Shakya

नेपालको राष्ट्रिय चरा डाँफै लोप हुँदै

नेपालको राष्ट्रिय चरा डाँफे अछामको रामारोशन क्षेत्रमा लोप हुँदै गएको छ । अति विकट मानिने रामारोशन क्षेत्रको संरक्षण सम्वद्र्धनमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा जिल्लाको एकमात्र स्थानमा पाइने राष्ट्रिय चरा डाँफे लोप हुने अवस्थामा पुगेको हो ।
केहि समयअघि रामारोशनमा ठूलो सङ्ख्यामा बस्दै आएको डाँफेलाई सहजै देख्न सकिने भएपनि अहिले विरलै मात्र देख्न सकिने अवस्थामा रहेको त्यहाँका स्थानीयको भनाई छ ।
डाँफेको संख्यामा घट्दै गएपनि यसको संरक्षमा सम्बन्धित सरोकारवाला निकायको ध्यान जान नसकेको स्थानीयको गुनासो छ ।
जिल्लाको पहिचान र विकासको सम्भावना बोकेको पर्यटकीय क्षेत्र रामारोशनको संरक्षण र सम्वद्र्धनमासरकारको ध्यान नपुगेकाले रामारोशनमा वासस्थान बनाएका पक्षी र जङ्गली जनावर लोप हुने अवस्था पुगेकोसमाजसेवी गोविन्द साउदले बताउनुभयो ।
विकट, ग्रामीण क्षेत्रमा रहेका प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीयस्तरबाटै एकजुट भएर लागेमात्र लोपोन्मुख अवस्थामा रहेका सम्पदा र जङ्गली पक्षीको संरक्षण गर्न सकिने उद्योग वाणिज्य सङ्घ अछामका अध्यक्ष चन्द्रप्रसाद ढुङ्गानाको धारणा छ ।

0 comments for "नेपालको राष्ट्रिय चरा डाँफै लोप हुँदै "

Leave a reply

    Popular Posts

    Blog Archive