११ कार्तिक, काठमाडौं । निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्न नेपाली
काँग्रेस पदाधिकारी बैठकले नेपाल विद्यार्थी संघलाई निर्देशन दिएको छ ।
यसअघि पटक–मिति तोकिएपनि महाधिवेशन हुन नसकेको भन्दै भन्दै काँग्रेसले कुनै पनि हालतमा महादिवेशन गर्न निर्देशन दिएको हो ।
मंगलबार बसेको काँग्रेस पदाधिकारी बैठकले नेविसंघका पदाधिकारीहरुलाई आवश्यक
तयारीमा लाग्न निर्देशन दिएको हो । यस्तै बैठकले कार्तिक १८ गतेसम्ममा
बाँकि रहेका जिल्ला तथा क्याम्पसहरुमा अधिवेशन गर्न भनेको नेविसंघका
प्रवक्ता युपी लामिछानेले जानकारी दिए । पदाधिकारीको बैठकले तत्काल
महाधिवेशनको प्रतिनिधिको नामावली उपलब्ध गराउन समेत नेविसंघलाई आग्रह गरेको
छ ।