Published On:Sunday, October 26, 2014
Posted by Tekman Shakya
अदालतलाई संसदको मातहतमा राख्ने विषयमा आलोचना
प्रधानन्यायाधीश सहित न्यायाधीशहरुले अदालतलाई संसदको मातहतमा राख्ने विषयमा आलोचना गरेका छन् ।
आज भएको प्रमुख तीन दलको शिर्ष नेताहरुसँगको छलफलमा उनीहरुले संघीय संरचनामा अदालत कस्तो हुने भन्ने विषयमा आफ्नो धारणा राखेका हुन् ।
नयाँ संविधानका विवादित विषयलाई निष्कर्षमा पुर्याउन भन्दै संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिको संयोजनमा छलफल भएको हो ।
समितिले आज नै प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्र्रेतीसँग पनि छलफल गरेको छ ।
आजै प्रमुख ३ दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच दिउँसो ३ बजे शान्ति कोषको सचिवालय नयाँ बनेश्वरमा र साँझ ५ बजे माओवादी र काँग्रेसबिच प्रधानमन्त्री निवास बालुवाटारमा विवादित विषयमा छलफल हुँदै छ ।
संविधानसभाबाट कार्तिक १५ गतेभित्र सहमतिको अवधी पाएको समितिले छलफलाई निरन्तरता दिएको हो ।