Published On:Thursday, October 30, 2014
Posted by dadad
१४ वर्षकी बालीकाको शरिर ढुंगा बन्दै गएपछि...
विश्वमा यस्तो रोगको संक्रमण पनि छ, जुन अहिलेसम्म ६ सय जनालाई मात्र यसले छोएको छ । जसलाई ‘ढुंगे मानिस लक्षण’ अर्थात स्टोन म्यान सिन्डोम भनेर चिनिन्छ । चीनकी एक १४ वर्षकी किशोरी यहीँ दुर्लभ रोगको सिकार बनेकी छिन् ।
उनको सरीर क्रमशः ढुंगोजस्तै बन्दै गएपछि सबै अचम्मित बनेका छन् ।
फाइब्रोप्लासिया ओसिफिक्यान्स प्रोग्रेसिफा भनिने सो रोगको शिकार बनेकी किशोरी नी मिनको सरीरका मांशपेशीहरु विस्तारै हड्डी बन्दै गएका छन् । यो रोगको उपचार छैन र छातिको हड्डी चेँपिँदै गएपछि स्वास फेर्न नसकेर मानिसको मृत्यु हुने गर्दछ ।

नी को सरीर सुक्दै गएपछि र विभिन्न ठाउँमा अनौठा कडा थुप्रा देखिन थालेपछि उनले सांघाइको तोंगजी अस्पतालमा उपचारका लागि गएकी थिइन् । तर डाक्टरहरुले रोगको यकिन उपचार नभएको बताएपछि औषधिको प्रयोग गरी यसको असर कम गर्न सकिने बताएपछि उनी र उनका परिवारमा केही आशा पलाएको छ ।
अहिले उनको अवस्था अत्यन्तै गम्भीर नरहेको र ६ महिनाका लागि परीक्षणका रुपमा डाक्टरले औषधि दिएको पारिवारिक स्रोतलाई उदृत गर्दै चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।