Published On:Sunday, October 26, 2014
Posted by Tekman Shakya

ओलीले झुक्याईदिए काँग्रेस र एकीकृत माओवादीलाई

काठमाडौं, १० कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सहभागी नहुने जनाएपछि प्रमुख ३ दलबिच सोमबार बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको छ । सोमबार विहान ९ बजे नेपाली काँग्रेस र एकीकृत नेकपा माओवादीका नेताहरु भेला भएपनि नेकपा एमालेका नेता अग्नी खरेल बाहेक अरु कोहि पनि सहभागी नहुने भएपछि बैठक स्थगित भएको हो । 

एमाले अध्यक्ष ओलीको पर्खाईमा दुई दलका नेताहरु विहान १० बजेसम्म बसेका थिए । सुरु हुने भनिएको १ घण्टापछि उपस्थित नहुने जानकारी पाएपछि बैठक स्थगित भएको घोषणा गरिएको हो ।
संविधानसभा छाडेर रत्नपार्कबाट संविधान बन्दैन भनी ट्विट गरेका ओलीले बैठकमा आफ्नो साटो अरु साथीहरुलाई पठाएको भनेपनि अन्य नेताहरु पनि सहभागी भएनन् । बैठकका लागि भन्दै नेपाली कांग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला तथा एकीकृत माओवादीका शीर्ष नेता पनि समयमै हतारिदै आएका थिए । विवादीत विषयलाई सहमतीमार्फत टुङ्गोमा पुर्याउन भन्दै संबैधानिक राजनीतिक संवाद तथा सहमती समितिको आह्वानमा बैठक डाकिएको हो ।

0 comments for "ओलीले झुक्याईदिए काँग्रेस र एकीकृत माओवादीलाई "

Leave a reply

    Popular Posts

    Blog Archive