Published On:Thursday, October 30, 2014
Posted by Tekman Shakya

कारबाहीमा सात तालिवानीको मृत्यु

काबुल, १३ कात्तिक । अफगानिस्तानका तालिवानहरूका विरुद्ध सुरक्षाबलले बुधबार गरेको कारबाहीको क्रममा सातजना तालिवानको मृत्यु भएको छ । अफगान गृह मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ । गत २४ घण्टाभित्र अफगान सैनिक, प्रहरी र गुप्तचर निकाय समेतको सहभागितामा सो कारबाही भएको बताइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षाबलले हातहतियार कब्जा गरेको र सुरक्षाबलतर्फ भने कुनै हताहतको समाचार नभएको जनाइएको छ ।
सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटोआबद्ध सबै देशहरूले निर्णय गरिसकेका हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ ।
पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्नस्थानमा आक्रमणलाई तीव्र पारेका छन् । उनीहरूको सो आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि कारबाही जारी राखेका छन् । सिन्ह्वा

0 comments for "कारबाहीमा सात तालिवानीको मृत्यु"

Leave a reply

    Popular Posts

    Blog Archive