Published On:Saturday, October 25, 2014
Posted by Tekman Shakya
सुन चाँदीको कारोबार घट्यो
काठमाडौं, ९ कार्तिक । अघिल्ला वर्षहरुको तुलनामा यष वर्ष सुन चाँदीको कारोबारमा गिरावट आएको छ । नेपाली उपभोक्ताको आयस्रोतमा कमी हुँदै जानु र महंगि आकाशीनुले त्यसको प्रत्यक्ष असर सुनचाँदीको कारोबारमा पर्न गएको हो । महंगि र आयस्रोतमा गिरावट सँगै सुनचाँदिमा लगानी गर्नेहरुको संख्यामा कमी आएसँगै सुनचाँदीमा लगानी गर्नेहरुको संख्यामा कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यको विश्लेषण छ ।
अघिल्ला वर्षहरुमा दशैं र तिहारको समयमा भएको कारोबारको तुलनामा यस वर्ष ७५ प्रतिशत मात्रै भएको व्यवसायीहरुले बताएका छन् । यस वर्षको तिहारमा १ सय ५ किलो सुन र ७ सय ५० किलो चाँदीको खपत हुँदा करिब ५२ करोड बराबरको कारोबार भएको सुनचाँदी व्यवसायी महासंघको भनाई छ । अघिल्ला वर्षहरुमा दशैं सक्किने वित्तिकै कारोबार सुरु हुने गरेको भए पनि यस वर्ष तिहारका लागि कार्तिक २, ३ र ४ गते मात्रै ग्राहकको चहलपहल बढि भयो । अन्य दिनको कारोबार सन्तोषजनक रहेन ।