Published On:Friday, October 31, 2014
Posted by dadad
मन्त्री सिंहको टोली भियाना जाने
१४ कार्तिक, काठमाडौं । उप–प्रधानमन्त्री प्रकाशमान सिंह संयुक्त राष्ट्रसंघले गर्न लागेको भुपरिवेष्टिक मुलुकहरुको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन भियाना प्रस्थान गर्ने भएका छन् ।
हरेक १०/१० वर्षमा हुने सो सम्मेलनमा सहभागी हुन मन्त्री सिंहको टोली शनिबार राती ९ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको हो ।
सम्मेलनमा प्रधानमन्त्री शुशिल कोइराला सहभागी हुने कार्यक्रम तय भएको भएपनि अन्तिम समयमा आएर कार्यव्यस्थताका कारण मन्त्री सिंह जान लागेको बताईएको छ ।
भ्रमण टोलीमा वाणिज्य तथा आपूर्ती मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, विभिन्न मन्त्रालयका कर्मचारी, लगायतको सहभागीता रहेछ । भ्रमण टोली यही कार्तिक २० गते बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।