Published On:Saturday, June 6, 2015
Posted by dadad

परीक्षार्थीलाई खाने, बस्ने व्यवस्था

काठमाडौँ, २३ जेठ । श्री गुरू नानकवेद् सेवा सोसाइटी इन्टरनेसनल क्यालिफोर्निया अमेरिका नामक संस्थाले परीक्षा दिनबाट वञ्चित हुने अवस्थामा पुगेका रसुवाका ४०० विद्यार्थीलाई खान, बस्नका लागि व्यवस्था मिलाएको छ ।

यही वैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्पबाट घरबारविहीन भएका र सुरूवा कालिकाथान गाविसमा रहेको कालिका उच्च माविमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई यही जेठ १९ देखि असार १२ गतेसम्म सो संस्थाले खान बस्नको व्यवस्था गरेको हो ।

मैत्री सेवा आश्रमका संस्थापक मित्रसेन दाहालले घर भत्किँदा खान बस्नको टुङ्गो नभएर कक्षा १२ को परीक्षा दिनबाट वञ्चित हुने अवस्थामा पुगेका विद्यार्थीलाई सहज वातावरण सिर्जना गर्ने उद्देश्यले सोसाइटीले खाने बस्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

सोसाइटीले भूकम्प प्रभावित नुवाकोट विदुर नगरपालिका–८ र ९ वडामा प्रतिघरधुरीलाई आवश्यक मात्रामा जस्तापाता समेत वितरणसमेत गर्ने भएको छ । रासस

0 comments for "परीक्षार्थीलाई खाने, बस्ने व्यवस्था"

Leave a reply

    Popular Posts

    Blog Archive