Published On:Monday, June 1, 2015
Posted by dadad
दरबार हत्याकाण्ड चौध वर्षमा
१८ जेठ काठमाडौँ । नारायणहिटी दरबार हत्याकाण्ड भएको १४ वर्ष पुगेको छ ।विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।
राजा वीरेन्द्रपछि भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उहाँ नै नेपालको इतिहासमा अन्तिम राजा बनेका थिए ।