Published On:Monday, June 1, 2015
Posted by dadad
आफूखुसी सहयोग गरे कारबाही

कसले, कहाँ, कसका लागि, के सहयोग गरे भन्ने जानकारी हुन छाडेपछि सरकार निर्देशिकै बनाएर एकद्वार नीतिमा लागेको हो । गैरसरकारी निकायहरुलाई सरकारको मापदण्डबाहिर जान बन्देज लगाउने निर्णय एक साताअघि मन्त्रिपरिषदले पास गरिसकेको छ । तर लागू शुक्रबारदेखि हुनेछ ।
अब दाताले मापदण्डमा काम गरेर सरकारलाई हस्तान्तरण गर्ने र दुवै पक्ष भएर सर्वसाधारणलाई बुझाउने कार्यविधि अपनाइने अधिकारीहरुले बताए । ‘जथाभावी हुन नदिन यस्तो तयारी सरकारले गरेको हो । आफूखुशी कुनै स्थानमा गएर सहयोग गर्न अबका दिनमा पाइदैन’, अर्थ मन्त्रालय बैदेशिक सहायता महाशाखा प्रमुख मधु मरासिनीले भने, ‘सरकारले तोकेको स्थानमा मात्र जानुपर्ने हुन्छ ।’