Published On:Tuesday, November 25, 2014
Posted by dadad

बेपत्ता योद्धाहरुको सम्झनामा प्रतिक्षालय सिल्यान्यास

९ मंसिर, धादिङ । एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य एवं पूर्व खेलकुद मन्त्री हित बहादुर तामाङले नेपाली समाजको आमुल परिवर्तन ल्याउन बेपत्ता परिवारको महत्बपूर्ण भूमिका रहेको बताएका छन् । बेपत्ता योद्धा परिवार समाज धादिङले मंगलबार धादिङबेसीमा गरेको बेपत्ता योद्धाहरुको सम्झनामा प्रतिक्षालय शिलान्यास कार्यक्रममा तामाङले यस्तो बताएका हुन् ।

शशस्त्र द्धन्द्धको समयमा बेपत्ता भएका ब्यक्तिहरुको सम्झनामा जिल्ला प्रशासन कार्यालय धादिङको परिसरमा प्रतिक्षालयको निमार्ण गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । प्रतिक्षालयको जग्गा सिमेण्ट राख्दै एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य तामाङले शिलान्यास गरेका हुन् ।

राज्यको तर्फवाट २७ जना र बिद्रोहीको तर्फवाट १ जना गरी २८ जनाको बेपत्ता भईसकेका छन् ।  कायृक्रममा बेपत्ता योद्धा परिवार समाज धादिङका अध्यक्ष बिर बहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे,स्थानिय विकास अधिकारी रुद्र सिंह तामाङ, प्रहरी नायब उपरीक्षक प्रकाश मल्ल, एकिकृत नेकपा माओवादी धादिङका अध्यक्ष राम बहादुर भण्डारी, नेकपा माओवादी धादिङका राम बहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, पूर्व अध्यक्ष सिताराम प्रसाद बर्मा लगायत विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु बेपत्ता परिवारका सदस्यहरुल लगायत सञ्चारकर्मीहरु सहभागी थिए ।

धादिङका सबै राजनीतिक दलहरुको सहकार्य र जिल्ला विकास समिति धादिङको ५ लाख र आर सिर आरको ५० हजार लगायत अन्य संघ÷संस्थाहरुको सहयोगमा प्रतिक्षालय बन्न लागेको हो ।

0 comments for "बेपत्ता योद्धाहरुको सम्झनामा प्रतिक्षालय सिल्यान्यास"

Leave a reply

    Popular Posts

    Blog Archive